पत्रकार महासङ्घमा पहिलो पटक वाम प्यालनको वर्चस्व
२२ वैशाख, काठमाडौँ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासङ्घको २३ औं अधिवेशनबाट अध्यक्षमा शिव गाउँले विजयी हुनुभएको छ ।
बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार गाउँले ६ सय ८५ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी पोषण केसीले ४ सय ४४ मत पाउनुभएको छ । अध्यक्षका अर्का प्रतिद्वन्द्वी केदार कोइरालालाई १ सय २२ मत प्राप्त भएको छ ।
त्यसैगरी, उपाध्यक्षमा यशोदा तिम्सिना ६ सय ६७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका टिकटतम प्रतिद्वन्द्वी रमेश बिष्टले ५ सय ४६ मत ल्याउनु भएको छ । महासचिवमा ओम शर्मा ६ सय ५ मतकासाथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी रामजी दाहाललाई ६ सय ३ मत प्राप्त भयो ।
त्यसैगरी सचिवमा जगत नेपालले जित हात पार्नु भएको छ । नेपालका निकटतम प्रतिद्वन्द्वी चन्द्रमान श्रेष्ठले ५ सय १३ मत ल्याउनु भएको छ । यस्तै कोषाध्यक्षमा शीतल शाह निर्वाचित हुनुभएको छ । शाह ४ स्य ९८ मतसहित विजयी हुनु भएको हो । शाहलाई ४ सय ९८ र उहाँका निकटतम प्रतिद्वन्द्वी वृजकुमार यादवलाई ४ सय १४ मत मिलेको थियो ।
सचिवमा निर्वाचित नेपाल बाहेक अन्य सबै पदाधिकारी प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संघको प्रगतिशील प्यानलका हुन् । योसँगै नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक बामपक्षीय पत्रकारहरुले नेतृत्वमा वर्चस्व स्थापित गरेका छन् ।
Source:onlinekhabar
