कपिलवस्तुमा भिषण आगालागी,५० घर जलेर खरानी
२२ वैशाख, कपिलवस्तु । कपिलवस्तुको गणेशपुर-४ मध्यनगरमा आज बिहान भएको आगलागीमा स्थानीयका करिव ५० घर जलेर नष्ट भएका छन् ।
स्थानीय नर्वदेश्वर लालको घरबाट बिहान ८ बजेको समयमा सल्केको आगो फैलिँदा टोलका करिव ५० घर जलेर खरानी भएको प्रहरीले जनाएको छ । स्थानीबासिन्दा, शसस्त्र र जनपद प्रहरी आगो निभाउने कार्यमा खटिएका छन् । आगलागीका कारण सर्वसाधारणका घरमा रहेका लाखौंखाका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र गरगहना जलेर नष्ट भएका छन् ।
इलाका प्रहरी कार्यालय गणेशपुरका निरीक्षक राजेन्द्र श्रेष्ठले आगालगीबाट लाखौं धनजनको क्षति भएको जानकारी दिनुभयो ।
Source:Onlinekhabar
