|

सिलाई कटाई तालिम सुरु

विनोद परियार
बुटवल जेठ १३
भैरहवामा ६५ दिने आधारभुत सिलाई कटाई तालिम सुरु भएको छ । जेसिआई नेपाल र दलित सेवा संघ रुपन्देहीको संयुक्त आयोजनामा सुरु भएको तालिमको रुपन्देहीका स्थानिय बिकाश अधिकारी तारा बहादुर कार्किले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहांले तालिममा सहभागिहरुलाई भबिश्यमा जिबिकोपार्जनको माध्यम बनाउने गरी आबश्यक सिप र दक्षता ग्रहण गर्न आग्रह गर्नु भयो । ६५ दिन सम्म सञ्चालन हुने तालिममा भैरहवा तथा त्यस आसपासका गाबिसका गरी २२ जनाको सहभागीता रहेको छ । तालिममा शान्ति चौधरी र शान्ता सुनारले सहजीकरण गर्ने बताईएको छ । दलित सेवा संघका सचिब तथा तालिमका संयोजक किस्मत बिकेको अध्यक्षता, जेसिआई नेपालका राजन लोहनीको संचालनमा भएको उद्घाटन समारोहमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख रुद्र मल्ल, भिएसओ स्यंसेबक बिनेट, पत्रकार मनोरञ्जन शर्मा, बिश्व बिकाश बैंकका पुरन हितंगा, मोहन लोहनी लगायतले बोल्नु भएको थियो । 

 "बुटवल अनलाइन"

Posted by Butwalonline on 12:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिलाई कटाई तालिम सुरु"

Leave a reply