ट्राफिक प्रहरीले रकम असुलेको रहस्य
बुटवल जेठ १३
जिल्ला ट्राफीक प्रहरी कायालय रुपन्देहीले एक बर्ष अगाडी पार्कीङ निमार्णका नाममा अस्वभाबीक ढंगबाट रकम असुली गरेको रहस्य खुलेको छ । ट्राफीक कार्यालयले निमार्ण गरेको पार्कीङ स्थलको सेतो घेरा एक बर्ष नबीत्दै मेटीएपछि सर्वसाधारण, बैक तथा बित्तिय संस्थाका कर्मचारीहरुले सो रकमको बारेमा कुरा गर्न थालेपछि यस्तो रहस्य खुलेको हो । जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीले पार्कीङ स्थलको रेखा कोर्नका लागी बैकहरुबाट ५ हजार, सिर्दाथनगर नगरपालीका बाट ६० हजार, उद्योग बाणीज्य संघ बाट २० हजार रुपैया तथा ब्यवसायीहरु संग पनि सोही अनुपातमा रकम असुली गरेको श्रोतको दाबी छ । प्रहरीले बजार क्षेत्रमा पार्कीङे रेखा कोर्नका लागी दुई लाख भन्दा बढी सहयोग संकलन गरेको दाबी छ । त्यसरी संकलन गरीएको रकम मध्ये करीब ४० हजार रुपैया मात्र खर्च गरेको र अन्य रकम प्रहरीले हिना मिना गरेको बुझिएको छ । जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बिश्व राज खड्काले नगरपालीका र उद्योग बाणीज्य संघ बाट रकम ल्याएको तर बैकहरु बाट भने पांच हजारका दरले रकम असुल नगरेको बताउनु भयो । खड्काले करिब असी हजार जती रकम संकलन भएको र त्यसमा ६०/७० खर्च भई १० हजार मात्र बचेको बताउनु भयो ।
"बुटवल अनलाइन"