|

राममणि बहुमुखी क्याम्पस राष्ट्रिय रुपमै स्थापित गर्ने तयारी

विनोद परियार
बुटवल,। रुपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसलाई केही समयभित्रै राष्ट्रिय रुपमै स्थापित गरिने भएको छ । उच्च गुणस्तर तथा सुविधासम्पन्न सामुदायिक क्याम्पसलाई उत्कृष्ट वार्षिक नतीजाहरुसंगै हालै प्राप्त अन्तर्राष्ट्रिय सहयोगले पनि उत्साहित गराएको आज क्याम्पसमा आयोजित कार्यक्रममा जानकारी गराईएको छ ।
क्याम्पसका सेण्डअप परीक्षाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले स्थानीय स्तरमा क्याम्पस उत्कृष्ट भैसकेको दावी गर्नुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चारवटै संकाय विज्ञान, व्यवस्थापन, मानविकी तथा शिक्षा समूहका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा सहायक क्याम्पस प्रमुख आनन्दप्रसाद पाण्डेय, बाबुराम भण्डारी, विज्ञान संकाय संयोजक शेषराज भट्टराई, खिमानन्द भण्डारी, लगायतले बोल्नुभएको थियो । क्याम्पस प्रमुख मोहनराज शर्माको सभापतित्व तथा सहायक प्रमुख आनन्दप्रसाद पाण्डेयको सञ्चालनमा भएको कार्यक्रमको उद्घाटन एवम् पुरस्कार वितरण क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले गर्नुभएको थियो ।

"बुटवल अनलाइन"

Posted by Butwalonline on 12:30 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राममणि बहुमुखी क्याम्पस राष्ट्रिय रुपमै स्थापित गर्ने तयारी"

Leave a reply