बन्द हडतालले जनता आजित
विनोद परियार
बुटवल । हिजो आज अनावश्यक बन्द हडताल भन्ने शव्दले व्यापक स्थान पाउन थालेको छ । बिभिन्न माग राख्दै फरक फरक संघ संगठनले नेपालमा केहि दिन देखि चरणवद्ध रुपमा बन्द हडतालका कार्यक्रम गर्दै आएपछि सर्वसाधारण बन्द शव्द सुन्ने बित्तिकै बिश्वास गर्न बाध्य छन् । कसैले ख्याल ठट्टा गरेर बन्द छ भन्यो भने पनि धेरैले बिश्वास गर्न थालेका छन् । एक कान दुइ कान मैदान भनेजस्तै कसैको मुखबाट त्यत्तिकै बन्द भन्ने शव्द सुनिएपनि त्यो शव्द धेरैको कानमा पुगिसकेको हुन्छ । बन्द होइन होला भनेर सवारी साधन लिएर बाहिर निस्कियो भने तोडफोड र आगजनि हुने हो कि भन्ने डरले पनि सर्वसाधारणहरु समस्यामा परेको गुनासो गरेका छन् । यस्ताखाले अनावश्यक बन्दका हल्लाले व्यापार व्यवसायमा पनि समस्या परेको व्यवसायीहरुले गुनासो गरेका छन् । शान्ति र संबिधानको आसा गरेर बसेका सर्वसाधारणले बन्द हडतालको सास्ति बेहोरर्न परेपछि निरास बनेका छन् ।
लागु औषध चरेस लिएर भारततर्फ जादै गरेका दुई नेपाली महिला सिमावर्ती भारतको सुनौली बजारमा पक्राउ परेका छन् । रिक्साबाट बेलहिया हुदै भारत प्रबेश गर्ने क्रममा रहेका ति महिला भारतीय प्रहरीको चेकजाचका क्रममा पक्राउ परेका हुन् । उनीहरुबाट १४ किलो ८ सय ग्राम चरेस बरामद भएको भारतीय प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बुटवल नगरपालिका ४ की फुलबारीकी कुमारी थापा र बीरगन्जकी निर्मला रेग्मी छन् । दुबैले भारत गोरखपुरसम्म चरेस पुर्याए बापत ६५ हजार दिने बताए अनुसार चरेस लिएर डिहेको बयान दिएको पनि भारतीय प्रहरीले बताएको छ ।
"बुटवल अनलाइन"