|

कपिलवस्तुको गणेशपुरमा भिषण आगलागि

 विनोद परियार
 बुटवल
कपिलवस्तुको गणेशपुर गाविस वडा न. ४ मध्यनगरमा शुक्रबार दिउसो भएको आगलागीबाट ४५ घर गोठ जलेर नष्ट भएका छन् । आगलागिबाट घरमा रहेका खाद्यान्न, लत्ता कपडा, घर गोठ र अन्य सरसामन गरी करिब २८ लाख बराबरको क्षति भएको छ । गर्मीयाम संगै वढेको अत्यधिक हावाहुरीका कारण स्थानीय बब्लु नाउको घर पछाडि बाट सल्केको आगोले गाउका २६ घर र २९ गोठ जलेर नष्ट भएको थियो । गाउमा आगो फैलिएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना तथा स्थानीय वासीन्दाको सकृयता तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । २ महिना अघि सोही ठाउमा ४६ घरमा आगलागि भएको थियो ।

"बुटवल अनलाइन"

Posted by Butwalonline on 12:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुको गणेशपुरमा भिषण आगलागि"

Leave a reply