मिस ब्युटिफुल स्किन
काठमाडौ, जेष्ठ ६ - जनकपुरकी रोमी साहले मिस इन्डिया वल्र्डवाइड प्रतियोगितामा ब्युटिफुल स्किनको उपाधि हात पारेकी छन् ।जुनसुकै देशमा रहेका भारतीय मूलकाले भाग लिन पाउने प्रतियोगिता इन्डियन फेस्टिभल कमिटीले गत साता दुबईमा गरेको थियो । भारतीय मूलका नेपालीका तर्फबाट १८ वर्षीया रोमीले भाग लिएकी थिइन् ।
उपाधि जितेर काठमाडौं फर्किएकी रोमीले बिहीबार पत्रकार भेटघाटमा अनुभव साटिन् । 'पुर्खा इन्डियामा भए पनि म नेपालकी चेली हुँ,' पाइलट बन्ने उद्देश्य राखेकी उनले भनिन्, 'यहीं नै केही गर्न चाहन्छु ।'
हिमालै हिमालको देश भनेर नेपाललाई चिनाउन पाउँदा खुसीले गदगद भएको उनले सुनाइन् । नेपालबाट नेप्लिज काउन्सिलका तर्फबाट रोमीले भाग लिएकी थिइन् । जित्नुभन्दा पनि दुई देशबीचको संस्कृति साटासाट गर्ने मुख्य उद्देश्य रहेको काउन्सिलका निर्देशक रोहित शाक्यले बताए ।
यस वर्ष अस्टिेलियन भारतीय मूलकी १९ वर्षीया अंकिता घजान विजेता घोषित भएकी थिइन् । प्रतियोगितामा बहराइन, क्यानाडा, इटाली, मलेसिया, नेदरल्यान्ड, न्युजल्यान्ड, स्पेन, कतार, सिंगापुर, साउथ अफ्रिका, युके, युसएलगायतका २९ देशका भारतीय मूल युवती सामेल थिए ।
Kantipur News

Posted by Butwalonline
on 10:50 AM. Filed under
Entertainment,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response