टेलिफोनमा लोडसेडिंग !
कमल थापा, रुकुम, जेठ ६
विद्युत्को लोडसेडिङ त सबैले सुने-भोगेकै कुरा हो। अब टेलिफोनमा समेत लोडसेडिङ हुन थालेको छ। अचम्म लाग्यो ? यो रुकमको वास्तविकता हो। रुकुमेली दैनिक टेलिफोनमा चार घण्टा लोडसेडिङ भोग्न विवश छन्। ३ महिना यता रुकुममा दैनिक ४ घण्टाको दरले टेलिफोनको लोडसेडिंग भइरहेको छ। गत चैत्रदेखि टेलिफोन सेवा बिहान, बेलुका र साँझ गरी हिजोआज दैनिक ४ घण्टा नेटवर्कविहीन हुन्छ।
टेलिफोनको नेटवर्क जाने समस्या विद्युतको कारणले हुने गरेको भनाइ टेलिकमको छ। ‘विद्युतमा अवरोधका कारण दैनिक टेलिफोन जाँने गरेको हो' नेपाल टेलिकम रुकुमका कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले भने- ‘यो समस्या रुकुमको मात्र होइन, सल्यानको कपुरकोट र रोल्पाको रातामाटास्थित रिपिटर टावरमा समेतमा खरावी आउँदा हुन्छ।'
जिल्लामा सञ्चालनमा आएका नयाँ टेलिफोन कम्पन्नीहरुलाई प्रोत्साहन गर्नको लागि टेलिकम कर्मचारीहरुले फोन सेवा नियोजितरुपमा अवरोध गराउने गरेको सर्वसाधारणको छ। निजी कम्पनीहरुसँग मिलोमोतोमा कर्मचारीहरुले अवरोध गराउँने गरेको उपभोक्ताहरुले गुनासो गर्न थालेका छन्।
टेलिकममा अवरोध गर्दा निजी कम्पनीको सिम वितरण हुने गरेको छ तर टेलिकम प्रमुख शर्माले भने यस्तो आरोपमा सहमत छैनन्। उनले विद्युतकै कारण दैनिक फोनसेवा अवरुद्ध हुने बताए।
मोबाइल नेपाल टेलिकमद्धारा सञ्चालित ल्यान्डलाइन, सिडिएमए, नमस्ते मोवाईल र स्काई मोवाईलको लोडसेडिङ्ग हुन्छ। नेपाल टेलिकमले २ सय २५ ल्यान्डलाइन, दश हजार नमस्ते मोवाइल, र २५ सय स्काई मोवाइल वितरण गरेको छ। यति नै संख्यामा बाहिरी जिल्लावाट वितरण गरिएका मोवाइल पनि सञ्चालनमा छन्।
दैनिक टेलिफोनको लोड सेडिङ्ग हुँदा सर्वसाधारण मर्कामा परे पनि गुणस्तर सुधार्न टेलिकमले कुनै चासो देखाएको छैन।
NagarikNews