कलाकारहरुद्वारा शान्तिको कामना
शान्ति लुकाउँ कहाँ शान्ति लुकाउँ कहाँ
थोरै मात्र बचेको यो शान्ति लुकाउँ कहाँ
आज यस्तै भएको छ देशमा थोरै बचेको शान्तिलाई पनि कहाँ लुकाएर जोगाउने हो चिन्ता थपिएको छ जनतामा । शान्तिको मिठो सपनामा लोभ्याएर आफ्नो स्वार्थ पुरा गर्नेहरुले भएको शान्ति पनि रित्याउदै आए । आज त शान्ति खोज्न निस्कनु परेको छ । तर कहाँ छ शान्ति ? कहाँ पाईन्छ शान्ति ? त्यसैले भएको थारै शान्तिलाई पनि जोगाएर लुकाएर राख्नु पर्ने भएको छ आफ्नो स्वार्थ पूर्तीका लागि शान्तिको मिठो सपना देखाउनेहरुबाट ।
फर्कि आउ शान्ति तिमी लालीगुराँस भन्छन्
फर्कि आउ शान्ति भन्दै डाँफे मुनाल डाक्छन्
हो आज सबैले भन्दै छन शान्ति तिमी फर्की आउ । जहाँ भए पनि जस्तो अवस्थामा भए पनि जसरी भए पनि तिमी फर्केर आउ । देशमा शान्ति अमनचयन छैन । हत्या हिंसा ब्याप्त छ । यस अवस्थामा आज केही चलचित्र कलाकारहरुले बुद्ध जयन्तीको अवसरमा नेपालमा शान्तिको कामना गरेका छन् । हामी मार्फत शुभकामना ब्यक्त गर्दै कलाकारहरुले देशमा शान्तिको माग गरेका छन् । कतिले त भनेका छन् हाम्रा गौतम बुद्ध नै नेताहरु हुन् अब हामीलाई अहिले यिनिहरुले मात्र शान्ति दिन सक्छन् । हुन पनि तयसतै भएको छ । सत्ताको लडाईमा दलहरु अल्झिदा जनताले शान्तिको श्वास फेर्न पाएका छैनन् ।
बुद्ध जयन्तीका अवसरमा शुभकामना दिदै चलचित्र निर्देशक तथा कलाकार आकाश अधिकारीले बुद्ध जयन्तीको कुरा गरेर बुद्ध जयन्तीको शुभकामना दिदैमा देशमा शान्ति नआउने भन्दै त्यसको लागी बुद्धले दिएको जुन सन्देश छ त्यसलाई सबै भन्दा पहिला नेताहरुले मनन गर्नु पर्ने बताएका छन् । जनता शान्ति प्रेमी भएको भन्दै जनताले बुद्ध संग प्राथना गरेर शान्ति ल्याइदेउ मात्र भन्न सक्छन् । शान्ति दिलाउने अहिलेका बुद्ध भनेका नेता हुन् । यिनीहरुले बुद्धको उपदेशको पालना गर्नु पर्ने अधिकारीले बताएका छन् ।
यस्तै नायिका झरना थापाले शुभकामना सन्देशमा बुद्ध जस्तै सबैको मनमा शान्ति छाओस भन्ने कामना गर्दै हिंसा हत्या नगर्न बुद्धले अगाडी बढाउनु भएको सन्देशलाई हामीले आत्मसाथ गरौ भनेकी छिन् । बुद्ध हाम्रो देशका भएकोले हामीले उहाँको सन्देशलाई फलो गरेर बिश्वमा सन्देश दिनु पर्ने उनको भनाइ छ । बुद्ध जन्मेको देश भए पनि हाम्रो देशमा शान्ति छैन भन्दै उनले नेताहरुको मनमा शान्ति नभएका कारण त्यसको असर हामी सबै जनताले खप्नु परेको बताईन् । उनले भनेकी छिन्, 'बुद्ध भगबानलाई मेरो कामना छ हाम्रा नेतालाई सद्धबुद्धि र सदबिचार दिनुहोस् जसको कारण हाम्रो देशमा चाडै नै शान्ति छाओस् ।
यता भर्खर मात्र आफ्नै प्रेमीकाका श्रीमानको आक्रमणमा परेका नायक भुवन केसीले बुद्ध जयन्तीका अवसरमा शान्तिको कामना सहित शुभकामना दिदै बुद्ध जयन्ती संगै सबैको मनमा शान्ति छाओस् भन्ने कामना गरेका छन् । शान्तिको प्रतिक गौतम बुद्धको बाटोलाई अबलम्बन गर्न आग्रह गर्दै उनले देशमा शान्ति छाओस्, कुनै पनि अप्रिय घटनाहरु नघटुन् भन्ने कामना ब्यक्त गरेका छन् ।
नायिका केकी अधिकारीले बुद्ध जयन्ती भनेको बुद्ध धर्मालम्बीको मात्र नभएर हाम्रो देशकै सबैभन्दा महत्वपुर्ण दिन भएको भन्दै बुद्धको नामले नेपाल चिनिने हुँदा बुद्धका सन्देश पालना गर्नु सबै नेपालीको कर्तबय भएको उल्लेख गरेकी छिन् । नेपालीले कहिँ पनि सुरक्षीत महशुस गर्न नसकेको भन्दै शान्तिसंग बाच्न नपाएको बताएकी छिन् ।
भर्खर मात्र चलचित्र एन इन काउण्टरको जापानमा छायाँकन सकेर फर्केका निर्देशक माओत्से गुरुङले
बिश्वसामु नेपाल चिनाउन हामी बुद्धको नाम प्रयोग गर्ने गर्दछौ भन्दै शान्तिका दुत बुद्धको नाम सँगसँगै अब हामीले बिश्बमा हाम्रो देशलाई शान्तिको देश भनेर चिनाउन पाँउ भन्ने कामना गरेका छन् । माओत्से हत्या, हिंसा, आंतक बन्द होस्, सबै शान्ति पुर्ण रुपमा बाच्न पाउन् भनि बुद्ध जयन्तीको अवसरमा शुभकामना दिएका छन् । यस्तै दिवाली पुजा गर्न गृह नगर सिन्धुपाल्चोक पुगेका हास्यकलाकार जितु नेपालले जताततै शान्ति होस्, हत्या हिंसा नहोस् भन्ने कामना गर्दै आफ्नो सन्देशमा हिंसा तिर नलाग्न आग्रह गरेका छन् । 'शान्ति भन्दा ठुलो केही छैन, हत्या र हिंसाले हामीलाई फाइदा हुदैन' ,उनले भनेका छन् । उनले यो दिनका अबसरमा सबैलाई शान्तिको बाटो हिड्न आग्रह गरेका छन् ।
शान्ति शान्ति ओम शान्ति एउटै हाम्रो चाहना
आउ सबै मिली गरौ शान्तिको कामना
Filmi Khabar

Posted by Butwalonline
on 7:44 PM. Filed under
Entertainment,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response