|

आज विश्व धुमपान रहित दिवस

१७ जेठ, काठमाडौँ । विश्व धुमपान रहित दिवस आज विविध जनचेतनामुक कार्यक्रम गरी नेपालमा पनि मनाइादैछ ।

हरेक वर्ष वर्ष मे ३१ का दिन विश्वभर यो दिवस मनाइने गरिएको छ । ‘विश्व स्वास्थ्य संगठनद्वारा प्रतिपादित सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अन्तराष्ट्रिय महासन्धी’भन्ने नाराका साथ यस पटक विश्व धुम्रपान रहित दिवस मनाउन लागिएको हो ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र धुम्रपान विरुद्धको अभियानमा सक्रिय संघ संस्थाले सूर्तिजन्य पदार्थको प्रयोग विरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागेका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा प्रतिवर्ष धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनबाट झण्डै ५० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनबाट वर्षमा १६ हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले धुमपान नियन्त्रण गर्न सन् २००३ मा सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धी अन्तर्राष्टिय महासन्धी पारित गरेको थियो ।

सो महासन्धीलाई विश्वभरका १ सय ७२ वटा देशले अनुमोदन गरी कार्यान्वयनमा ल्याएका छन् । नेपालले पनि तीन डिसेम्बर २००३ मा सो महासन्धीमा हस्ताक्षर गरे पनि आवस्यक कानुनको अभावमा त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

Source:Onlinekhabar

Posted by Butwalonline on 9:11 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आज विश्व धुमपान रहित दिवस"

Leave a reply