|

पाँच बूँदेका विषयमा प्रधानमन्त्री खनाल र दाहालबीच छलफल

काठमाडौँ, जेठ १७ (नागरिक)- संविधान सभाको म्याद थप्न तीन दलबीच जेठ १५ गते बिहान ४ बजे भएको पाँच बूँदे सहमतिलाई कार्यान्वयन गर्ने बारे प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। बिहान सवा ८ बजेदेखि आधा घण्टासम्म चलेको भेटका अवसरमा तीन पार्टीबीचको पाँचबुँदे सहमति कार्यान्वयनका बारेमा गम्भीरतापूर्वक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमति निर्माणको प्रक्रियामा पहल अघि बढाउन दुई नेता सहमत भएका छन्।

पाँच बूँदे सहमति भएपश्चात् प्रधानमन्त्रीले गरेको उच्चस्तरीय भेटवार्तामध्ये यो पहिलो हो। उनले अन्य प्रमुख दलका नेताहरुसँग पनि वार्ता, छलफल र सहमति निर्माणको प्रक्रिया जारी राख्ने सल्लाहकार थापाले बताए।

पाँच बुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा गर्ने उल्लेख छ। तर सो बुँदाको व्याख्या भने दलहरुले फरक हिसाबले गरेका छन्। माओवादी र खनालपक्षीय एमाले नेताहरुले राष्ट्रिय सहमतिको सरकारको विकल्प तयार भएपछि मात्र राजीनामा दिने बताउँदै आएका छन्।


Source:NagarikNews

Posted by Butwalonline on 9:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाँच बूँदेका विषयमा प्रधानमन्त्री खनाल र दाहालबीच छलफल"

Leave a reply