|

दुर्घटनामा २४ जना घाइते

पाल्पा तानसेन, जेष्ठ ७ - वुटवल सडक खण्डमा शनिबार दिउँसो भएको दुर्घटनामा २४ जना घाइते भएका छन् । पाल्पाबाट वुटवलतर्फ जाँदै गरेको लु १ ख ५९७७ र वुटवलबाट पाल्पा आउँदै गरेको लु १ ख १४३२ नम्वरको बस ठोक्किंदा दुर्घटना भएको हो । दुर्घटनामा परेका मध्ये दुईजनाको अवस्था गंम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरु सबैको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

बुटवलवाट पाल्पा आउँदै गरेको बसका चालक वुटवल दिपनगरका गणेश थापाको खुट्टा स्टेरिङ्गमा अड्किएपछि डेढ घण्टासम्म राजमार्ग अवरुद्ध भएको थियो । उनलाई निकाल्न हम्मे-हम्मे परेको थियो । वुटवल र पाल्पा तर्फबाट आउने जाने सबै सवारी साधन अवरुद्ध बनेका थिए ।




KantipurNews

Posted by Butwalonline on 2:16 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटनामा २४ जना घाइते"

Leave a reply