खनाल र दाहालबीच शान्ति प्रकृयाको कार्ययोजना ल्याउने सहमति
८ जेठ, काठमाडौँ । प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शान्ति प्रकृयालाई टुंग्याउने गरी भोलिसम्म कार्ययोजना बाहिर ल्याउने सहमति भएको छ ।
प्रचण्ड निवास नयाँबजारमा आज भएको छलफलमा भोलि तीन दलको बैठक बसेर सेना समायोजनको प्रस्ताव तय गर्ने र भोलि नै विशेष समिति बैठक मार्फत टुंग्याउने सहमति भएको हो ।
खनाल र प्रचण्डबीच तीनदलको बैठकबाट सेना समायोजनाको मोडालिटी तयार गरी लगत्तै विशेष समितिमा लैजाने सहमति भएको एमाले नेता सुरेन्द्र पाण्डेले अनलाइनखवरलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग थप छलफल गरी आजै शान्ति प्रकृयाको कार्ययोजनामा सहमति जुटाउने प्रयास हुनेछ ।
लडाकु समायोजनको मोडालिटीबारे दलहरु सहमति नजिक पुगेपनि संख्याको विषयमा भने सहमति जुट्न बाँकी छ।
Onlinekhabar