बम विस्फोट गराउने तीन पक्राउ
३० चैत, बुटबल । गुडिरहेको माइक्रोबसमा बम विस्फोट गराउने तीन जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
घटना पश्चात लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रकाश अर्यालको संयोजकत्वमा गठित अनुसन्धान समितिले पक्राउ गरी बुधबार बुटवलमा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको नौतनवा स्थायी घर भएका ४० वर्षीय इस्लाम मुसलवान,रुपन्देहीको बोगडीका २६ वर्षीय प्रशान्त पाण्डे र रुपन्देहीको सक्रौनपकडीका १९ वर्षीय राजकुमार चौहान रहेका छन् ।
उनीहरु तीनै जना अखिल तराई मुक्ति मोर्चा भगत सिंह समुहमा आवद्ध रहेको खुलेको छ । टाइम बम सहितको झोला भैरहवा बसपार्कबाट गाडिमा राखेका उनीहरु बिच वाटोवाटै फरार भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । भारत नौतनवा घर भएका मुसलवान सहितको टोलीले भारतीय वाटो हुँदै भैरहवा बसपार्कमा बम ल्याएको अनुसन्धानबाट खुलेको अञ्चल प्रहरी प्रमुख अर्यालले बताउनु भयो ।
घटनामा संलग्न घनश्याम यादव र मक्सुद मुसलवान फरार छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।
चैत्र १३ गते लु १ ख ३६६६ नम्वरको माइक्रोबसमा भएको वम विष्फोट हुँदा दुई जनाको मृत्यु भएको थियो भने दुई दर्जन भन्दा बढी घाइते भएका थिए । घाइते मध्ये १० जनाको अहिले पनि बुटवल, चितवन र काठमाडौंमा उपचार भइरहेको छ ।
Source:onlinekhabar
Posted by Butwalonline
on 2:15 AM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response