सवारी दुर्घटनामा एक जनाको मृत्यु
२६ चैत, नबलपरासी । नवलपरासीको पहाडी गाविसमा शनिबार मध्याहृन भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
डेडगाउँबाट दलदलेतर्फ जाँदै गरेको लु१ज १३६१ नम्बरको जिप सडकबाट पल्टिँदा नाम खुल्न नसकेका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । जौवारीमा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । रासस
