|

थरुहट बन्दले दोश्रो दिन पनि तराईको जनजीवन प्रभावित

ww२६ चैत, काठमाडौं । थरुहट स्वायत्त राज्य परिषदले आव्हान गरेको अनिश्चितकालिन बन्दको दोश्रो दिन आज पनि पूर्वी तथा पश्चिम तराईको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण पश्चिम तराईका थारु बाहुल्य दाङ, बाके, बर्दिया, कैलाली र कञ्चनपुर तथा पूर्वका झापा,ईलाम, सुनसरी मोरङ लयागतका जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
माओवादी, एमाले र मेधेसी जनअधिकार फोरमबीच गत चैत ९ गते भएको चार बुादे सम्झौतामा मधेस शव्द प्रयोग भएको विारोधमा शुक्रबार देखि अनिश्चितकालिन तराई बन्द आहृवान रगेको हो ।
यातायतका साधन नचल्दा गन्तव्यमा हिाडेका सयौं यात्रु विच बाटैमा अलपत्र परेका छन् । बन्दका कारण सो क्षेत्रका बजार कलकारखाना तथा शिक्षण संस्था ठप्प छन् ।
आदिवासी थारु समूदायको थारुहरुको अस्तित्व मेटाउन उक्त सहमति गरिउको अरोप लगाउादै थरुहटले सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।
यस्ते संघीय लिम्बुवान राज्य परिषदको बन्दका कारण पूर्वी पहाडी जिल्लाहरु इलाम, पाचथर, ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम र संखुवासभा लगायत जिल्लाको जनजीवन पनि प्रभावित बनेको छ ।
Source:onlinekhabar

Posted by Butwalonline on 2:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "थरुहट बन्दले दोश्रो दिन पनि तराईको जनजीवन प्रभावित"

Leave a reply