|

भातृ संस्था बिबाद मिलाउन कांग्रेस बैठक बस्दै

भातृ संस्था बिबाद मिलाउन कांग्रेस बैठक बस्दै 



२७ चैत, काठमाण्डौं । नेपाल विद्यार्थी संघ लगायत पार्टीका भातृ संगठनमा देखिएको बिबाद समाधान गर्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ ।
दिउँसो १ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघ अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिए पछिको अवस्थामा आगामी अधिवेशनका लागि तदर्थ समिति गठन गर्ने तथा महिला र तरुणदल विघटन गर्ने विषयमा छलफल हुने बताईएको छ ।
आजको बैठकमा महामन्त्री प्रकाशमान सिंहले महिला र तरुणदल विघटन प्रस्ताव ल्याउन लागेको स्रोतले जनाएको छ ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महिला र तरुणदल लगायत अन्य भातृ संस्थामा देखिएका समस्याबारे छलफल हुने जानकारी दिनुभयो ।
सभापति सुशील कोईरालाले तरुणदल र महिला संघ अध्यक्षलाई राजीनामा दिएर बिबाद समाधानको बाटो खुला गरिदिन यसअघि नै निर्देशन दिई सक्नु भएको छ । स्वेच्छाले राजीनामा नदिए जवर्जस्ती हटाउने चेतावनी कोईरालाको छ । बैठकमा बरिष्ठ नेता शेरबहादुर देउवा पक्षले भने भातृ संस्था विघटन गर्ने संस्थापन पक्षको प्रस्तावको प्रतिवाद गर्ने तयारी गरेको बुझिएको छ ।
नेता देउवा देश बारिह भएको मौका छोपेर संस्थापन पक्षले मनपरी ढंगबाट भातृ संगठन विघटन गर्न लागेको उनीहरुको आरोप छ । बैठकमा अलपत्र परेको पदाधिकारी मनोनयन प्रस्ताव बारे पनि छलफल हुने बताईएको छ ।
Source:onlinekhabar

Posted by Butwalonline on 8:19 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भातृ संस्था बिबाद मिलाउन कांग्रेस बैठक बस्दै"

Leave a reply