नुवाकोटमा गोली चल्यो
९ वैशाख, नुवाकोट । नुवाकोटको थान्सिङ गाविसस्थित छहरे बजारमा बिहीबार राति गोली चलेको छ ।
स्थानीय व्यवसायीले मिनिट्रकमा सामान ल्याउँदै गर्दा बाटोमा रोकेर पैसा असुली गरिरहेका केही युवाले पैसा नदिएको झोकमा राति ११ बजेतिर गोली चलाएका हुन् ।
त्यसक्रममा तीन पटक गोलीको आवाज सुनेको स्थानीय सुरेश गौतमले जानकारी दिए । घटनाबाट कुनै मानवीय क्षति भने नभएको गौतमले बताए ।
घटनामा स्थानीय व्यापारी तथा ठेकेदारहरुसित फिरौती उठाउँदै आएका
नुवाकोट सूर्यमतिका सिताराम पुलामी उर्फ ‘रामसोल्टी’, स्थानीय कांग्रेस कार्यकर्ता नवराज थापा र बासु थपलिया लगायतको संलग्नता रहेको स्थानीयले बताएका छन् ।
प्रहरीले भने घटनाबारे कुनै जानकारी नभएको जनाएको छ ।
Source:Onlinekhabar
नुवाकोट प्रहरी प्रमुख बालकृष्ण थापाले घटनाबारे जानकारी नभएपनि घटनाका आरोपी पुलामीले हप्ता असुली गरिरहेको विषयमा स्थानीयले गुनासो गर्ने गरेपनि लिखित उजुरी नपरेकाले कारवाही गर्न समस्या भएको बताउनु भयो ।
केही वर्ष पहिले काठमाडौँमा पेशेवर गुण्डागर्दी गर्दै आएका पुलामीलाई अर्को समूहले तरबार हानेपछि नुवाकोट फर्केर फिरौति धन्दा चउँदै आएका थिए ।
यसैबीच बालाजु प्रहरीले पुलामीको नाम भगौडा अभियुक्तको सूचीमा रहेको जनाएको छ ।
बालाजु प्रहरी बृत्त प्रमुख प्रहरी नायव उपरीक्षक दिवेश लोहनीले पुलामी विरुद्ध तीन वर्षअघि हातहतियार तथा खरखजाना र कर्तव्य ज्यान मुद्धा दर्ता भएको अनलाइन खवरलाई जानकारी दिनुभयो ।
