|

चीनमा स्वयम्भूनाथको प्रतीक शिलान्यास

बेइजिङ, वैशाख ११ -
विश्वसम्पदामा सूचीकृत काठमाडौंस्थित स्वयम्भूनाथको प्रतीक चीनमा पनि बन्ने भएको छ । पूर्वी चीनको हेवई निङचिङस्थित युन्ताइ मन्दिर परिसरमा बनाइन लागेको स्तूपाको शनिबार राजदूत टंक कार्की, निङचिङका डेपुटी गभर्नर सोङ पिङ, बुद्धिस्ट एसोसिएसनका उपप्रमुख चुङ यीलगायतले सयुंक्त शिलान्यास गरेका हुन् ।

जमिन सतहबाट ६० मिटर अग्लो बनाइने स्तूपाको माथिल्लो भाग ३२ मिटर हुनेछ । २०१२ सम्म पूरा गर्ने लक्ष्य राखिएको स्तूपा निर्माण स्थल राजधानी बेइजिङबाट ३ सय ४० किलोमिटर टाढा छ । नेपाली प्राचीन वास्तुकला र संस्कृतिको सम्मिश्रणसहित दुरुस्तै बनाइन लागिएको प्रतीकको नाप नक्सा नेपाली प्राविधिकले तयार पारेका हुन् । यिनकै सुपरीवेक्षणमा बन्ने स्तूपा निर्माणको सम्पूर्ण खर्च चिनियाँ पक्षले बेहोर्ने छ । शिलान्यास समारोहमा करिब पाँच हजार सर्वसाधारणको सहभागिता थियो ।
Source:Kantipur News

Posted by Butwalonline on 2:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चीनमा स्वयम्भूनाथको प्रतीक शिलान्यास"

Leave a reply