|

आगलागीमा तीन बालबालिकाको जलेर मृत्यु

३ वैशाख, उदयपुर । उदयपुरको भुटार गाविसमा शुक्रबार मध्यान्ह भएको आगलागीमा तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।

भुटार ६ नौलेमा आगलागी हुँदा स्थानीय पहलमान श्रेष्ठका २ वर्षीय छोरा, ५ वर्षीया छोरी र दिनेश श्रेष्ठका २ वर्षीय छोराको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनमा पहलमान श्रेष्ठका २ वर्षीय छोरा सुवास श्रेष्ठ, ५वर्षीया छोरी प्रमिला श्रेष्ठ र दिनेशका २ वर्षीय छोरा सुजन श्रेष्ठको मृत्यु भएको हो । आगलागीमा पहलमान र दिनेशको घरसमेत पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

खेल्ने क्रममा केटाकेटीले परालमा लगाएको आगो घरमा सल्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । घटनाबारे थाहा पाएपछि प्रहरी टोली उद्धारका लागि गएको थियो ।

Source:Onlinekhabar

Posted by Butwalonline on 9:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आगलागीमा तीन बालबालिकाको जलेर मृत्यु"

Leave a reply