ख्याल गर्नुस् है.. अनियमित सेक्सबाट हृदयघात हुनसक्छ
सामान्यतया स्वस्थ र खुसी जीवन जिउन सेक्स अति फाइदाजनक मानिन्छ । तर यहि सेक्स अनियमित भएमा भने घातकसिद्व हुनसक्छ । विशेषगरी शारारिक ब्यायाम कम गर्ने र हृदयघात भएका ब्यक्तिलाई ।
अमेरिकी बैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धानअनुसार सेक्स अनियमित हुँदा हृदयघात हुने सम्भावना अन्य अवस्थामा भन्दा तीन गुणा बढी हुन्छ । सेक्स र शारीरिक क्रियाकलापमा केहि समानता हुने हुँदा हृदय रोगी तथा ब्यायाम कम गर्ने अल्छी प्रवृतिका ब्यक्तिहरुमा यसले नकारात्मक असर गर्ने उनीहरुले बताए । सेक्स मात्र हैन, खेलकुद बानी पनि अनियमित हुँदा मुटुको धडकन खतरनाक तहमा पुगी रक्त सञ्चारमा समस्या आउने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।
सेक्स गर्दा र यसपछिको समयमा पनि हृदयघात हुन सक्ने सम्भावना सामान्य अवस्थामा भन्दा २.७ पटक बढी हुने बोस्टनस्थित टफ्टस् मेडिकल सेन्टरका डाक्टर इसा डाहब्रेलाई बुझाइएको अनुसन्धानको निचोडमा उल्लेख छ । ‘हृदयघात हुने सम्भावना सेक्स वा खेल खेलेको एक वा दुई घण्टासम्म हुन्छ,’ अनुसन्धान टोलीका एक सदस्य जेसिका पलले बताइन् ।यसैगरी, शारारिक ब्यायाम कहिल्यै नगर्ने ब्यक्तिहरुमा खेल खेल्दा मुटसम्बन्धि रोगबाट मृत्यु हुने सम्भावना अत्याधिक रहेको अनुसन्धानबाट पत्ता लागेको छ । यद्यपी, नियमित ब्यायामबाट तनाब कम हुने र मुटुमा पनि सकरात्मक प्रभाव पार्ने अन्य अध्ययन तथा अनुसन्धानले पुष्टि गरेको छ । यसर्थ, अमेरिकी अनुसन्धानकर्ताहरुले सर्वसाधारणलाई हल्कारुपमा नियमित ब्यायाम गर्न सुझाब दिएका छन् । यो नियम सेक्स जीवनमा पनि लागू हुने उनीहरुले बताए । नियमित सेक्स गर्ने ब्यक्तिहरुमा अरुलाई भन्दा कम हृदयघातको सम्भावना हुने अनुसन्धानको निष्कर्ष छ ।
Source:Onlinekhabar
