|

गजल


  दुबै मिली पिरतीको,डोरी बाटौं न
  एकअर्कामा भावनाको,चाह साटौं न

  दुबै जना मिलेपछि,बाटो खुलाएर्
  शहर मै  बस्ने भए,डाँडै काटौं न



 बाँच्नलाई कति कुरा,साँचो नभनेर
 आफैलाई राम्रो भए,केही ढाँटौं न


 हावासरी उडे इच्छा,मान्दै नमानेर
 चाह हाम्रा एकै भए,अब आँटौं न


 तन मन मिले पछि,जुठो नमानेर
 एकैथालमा मिठोपिठो,सँगै चाटौं न


 दुबै मिली पिरतीको, डोरी बाँटौं न
 एकअर्कामा भावनाको, चाह साटौं न
लेखिका ;इंन्दीरा प्रयास-  दमक,झापा नेपाल 

Posted by Anonymous on 9:09 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply