|

गजल


सुन्दर थिए तिम्रा बाटा अनायासमै मोडेऊ किन ?

अस्तित्वको बेजोड पर्खाल बेहोस बनी फोडेऊ किन ?



प्रेमै प्रेमले गाँसिएको गला भरी माला दिए !

कालो देखे एउटै पत्र हारै तिमीले तोडेऊ किन ?



आकाशको कालो बादल टर्न सक्छ पानी बिना !

आवेगको जन्जिर लगाई बिष तिमीले छोडेऊ किन ?



झरनाबाट बग्दै थियो चिसो पानी तिम्रै लागि !

खडेरीले सुकेका फूल बिना पानी गोडेऊ किन ?



बगरमा हात समाई हिड्दा ठेस लागे पनि !

चोखो प्रेमको बन्धन तोडी तिमी आफै लडेऊ किन ?



मनका दर्द बिर्सिएर हाँसी बाँच्ने आधार थियो !

दु;ख सुख बाढौ भन्थेऊ नामर्द भै डडेऊ किन ?


लेखिका ; सुमित्रा पौडेल भरतपुर चितवन

हाल ; इजरायल

Posted by Anonymous on 12:52 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply