|

गजल

37397_1348492908197_1107556523_30806742_7064187_n (Small)            
फक्रिदैन फूल त्यसै मल जल राखी  गोड्नै पर्छ !
ज्योति बनी किरण छर्न  अभिमान तोड्नै  पर्छ !
ईन्द्रेणीका नब रंगी बादलुले ढाके कस्तो ?
चरित्रवान ज्ञानी  बन्न अज्ञान बाटो मोड्नै पर्छ !
सुख्खा हुन्न जीवन कहिल्यै भरिदिन्छ  सिर्जनाले !
मिहेनत र पौरखमा धैरे साहस जोड्नै पर्छ  !

भूत, भूत हो वर्तमानमा जोडिरहन्छ त्यो भविष्य !
जस्तो बीज रोपिदिन्छौ स्वाद लीन फोड्नै पर्छ !
जड हैन सत्कर्मको त्यागमा हुन्छ अमृत रस !
भन्छ मानव तेरो मेरो भोली मर्दा छोड्नै पर्छ !
प्रभातका किरणहरु मोती बन्छन् हिमशिखरमा !
फल्न फुल्न जिन्दगीमा मनका बिकार चुड्नै पर्छ !
       लेखिका ;सुमित्रा पौडेल भरतपुर चितवन
                                         हाल ; इजरायल

Posted by Anonymous on 1:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गजल"

Leave a reply