जागरुक बुटवलद्धारा अन्तर सहकारी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
रूपन्देही,२९ फागुन । जागरुक बचत तथा ऋण सहकारी संस्था बुटवल चा“दबारीले अन्तर सहकारी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । पा“चौं बर्ष पुरा गरि छैठौं बर्षमा प्रवेश गरेको अवसरमा सहकारीहरुका विचमा हाजिरीजवाफ प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा लियो बचत तथा ऋण सहकारी प्रथम,सर्वोपरी बचत तथा ऋण सहकारी द्धितिय,तिनाउ बहुउदेश्यीय सहकारी तृतिय र नारी बचत तथा ऋण सहकारी संस्था सात्वना भएको सहकारीका ब्यवस्थापक विष्णु वस्तीले जानकारी दिनुभयो । विजयी सहकारीलाई सडक डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख रमा आचार्यले पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुनेले क्रमश ः३ हजार,२ हजार १ सय र १५ सय रुपैया“ मायाको चिनो रहेको छ । यसअघि कार्यक्रमको उद्घाटनको अवसरमा बोल्ने वक्ताहरुले सहकारीहरुका विचमा गरिएको हाजिरीजवाफ रचनात्मक भएको बताएका थिए । संस्थाका अध्यक्ष खगेन्द्र प्रसाद शर्मा रेग्मीको अध्यक्षता,सहकारी डिभिजन कार्यालयका प्रमुख रमा आचार्यको प्रमुख आतिथ्य र गंगा प्रसाद ढकालको संचालनमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन,बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल,सहकारी डिभिजनका चन्द्रकान्त भट्टराई,स्वर्णिम बचतका मनोज भट्टराई लगायतले बोल्नुभएको थियो । प्रतियोगितामा ८ सहकारीको सहभागिता थियो ।