महेन्द्र राजमार्गको यातायात बन्दको कार्यक्रम स्थगित
नवलपरासी फागुन २-,नारायणी नदी कटान नियन्त्रण तथा अनुगमन समितिले आज गर्न भनेको महेन्द्र राजमार्गको यातायात बन्दको कार्यक्रम स्थगित गरेको गरेको छ ।
समितिको कोषाध्यक्ष आषुतोशजंग राणाको हृदयघाटका कारण असामयिक मृत्यू भएका कारण जनाउदै समितिको पुर्व निर्धारित कार्यक्रम स्थगित गरिएको अध्यक्ष अशोक गुरुंगले जनाएका हुन् ।
भारत सरकारले गण्डकमा हुने निर्माण तथा मर्मत काममा लापरवाही गरेका कारण नवलपरासीका १३ गाविसका जनता जोखिममा परेको भन्दै समितिले संघर्षका कार्यक्रम तय गरेको थियो । जिल्लाको नरसही गाविसमा स्वतः स्फुर्त रुपमा स्थानीयवासीको सहभागितामा गएको माघ २४ गतेका दिन गठन भएको समितिले गण्डकमा सुधार ल्याउनका लागि भारतको ध्यानाकर्षण गराउन आन्दोलनको विभिन्न कार्यक्रम तय गरेको थियो । स्थगित गरिएको १ घन्टे राजमार्ग बन्दको कार्यक्रम समितिले अर्काे बैठकबाट तय गर्ने अध्यक्ष गुरुंगले जनाएका छन् ।