|

एसएलसी परिक्षा मर्यादीत बनाउन ठूलो चुनौती

कहिले होला चिट संस्कारको अन्त्य ?
किरणमान बज्राचार्य,कपिलवस्तु , २९ फागुन-चैत १ गते देखि शुरु हुने एसएलसी परिक्षा मर्यादित बनाउन एसएलसी परीक्षा समन्वय समितिले २१ बँुदे निर्देशिका जारी गरे पनि यतिखेर कपिलवस्तुमा त्यस अनुसार परीक्षा संचालन गर्न ठूलो चुनौती देखिएको छ । बिगत बर्षहरुमा समेत परीक्षा मर्यादीत बनाउन अनेक उपाय अपानाईए पनि बर्षो देखि जारी रहेको चिट प्रथाका नरोकिएकाले ब्यवस्थित र स्वच्छ परीक्षा संचाालन गर्न चुनौती देखिएको हो । निर्देशिका जारी भए पनि ब्यवहारिकरुपमा कार्यान्वय हुनेमा निकै कठिनाई भएको शिक्षकहरु बताउछन् ।

बिगत बर्षहरुमा कोचिङ सेन्टर तथा यहाँका कतिपय विद्यालयहरुले ठेक्कामा एस एल सी पास गराउने ग्यारेन्टी लिने गरेको पाईएकाले समेत परिक्षा मर्यादित बनाउन एसएलसी परिक्षा समन्वय समितिलाई चुनौति देखिएको हो । बुटलव स्थित चार कोचिङ सेन्टरले एसएलसी पासका लागि गरेका ठगी प्रकरणले समेत यो कुराको पुष्टी गरेको छ । बिगत बर्षहरुमा एक्जाम्टेड परीक्षाका नाममा जिल्लामा परीक्षा दिलाउदै आएका बुटवलका कुसुम, बृहस्पति, ब्लु स्काई र लुम्बिनी कोचिङ सेन्टले एक्जाम्टेड परीक्षा हटे पछि गत बर्षबाट खुला बिद्यालयबाट परीक्षा दिलाउन शुरु गरेका थिए । गत बर्ष सय बढी परीक्षार्थीलाई परीक्षामा सामेल गराई पास गराउन सफल ती कोचिङ सेन्टरले यस बर्ष ३२७ जनालाई परीक्षा दिलाउन खोजे पनि यो कुरा बाहिर आए पछि परीक्षा नियन्त्रण कार्यालयले ती बिद्यार्थीलाई परीक्षा दिन नपाउने निर्णय गरेको थियो । बर्षौ देखि एस एलसी पास हुन नसके कपिलवस्तु जानु भन्ने उखानले प्रसिद्ध यहाँको परिक्षा यस वर्ष पनि पहिलेको जस्तै हुने स्थानीय बताउछन् ।

स्कुले जीबनको फलामे ढोका मानिने एसएलसी परिक्षाको बिजोग देखेर देशभर यो एसएलसीको बेला कपिलवस्तु बर्षेनी चर्चामा रहन्छ । जिल्ला भरी नै परिक्षा हेर्न लायक हुन्छ । यहाको परिक्षाले भारतीय सीमाबर्ती बजारमा हुने परिक्षालाई फेल खुबाउछ । गर्नेलाई भन्दा हेर्नेलाई लाज भने जस्तै यहा चिट गराउन जाने भन्दा चिट गराएको हेर्नेलाई लाज हुन्छ भन्छन् स्थानीयबासी ।

चिट चोराउन, प्रश्न पत्र आउट गराउन, उत्तर परीक्षार्थी सम्म पुर्याउनका लागि पहिले नै  सेटिङ यहाँ मिलाईएको हुन्छ । चिट गराउन अभिभाबकहरु नै आफै पुग्छन् । एसएलसीको परिक्षा केन्द्र बाहिर अभिभाबकको ताती हुन्छ । जिल्ला भरी प्रायः सबै परिक्षा केन्द्र परिक्षा सुरु भएको आधा घण्टामा प्रश्न पत्र आउट हुन्छ । परिक्षा मर्यादित बनाउन बसेका सुरक्षाकर्मीहरु बाटै सबै भन्दा पहिले प्रश्न पत्र परिक्षा केन्द्र बाट बाहिरिन्छ । निरीक्षक, कार्यालय सहयोगीबाट समेत प्रश्न पत्र बाहिरीने गर्दछ । प्रश्न पत्र बाहिरिए पछि उत्तर लेखनका लागि बिद्यालयहरुले ठेक्कामा बिषयगत शिक्षक राख्ने गर्दछन् । लेखिएका उत्तर फोटो कपी गरेर शिक्षा कार्यालयका कर्मचारी, पियन, सुरक्षकर्मी मात्र नभै केन्द्राध्यक्ष समेतले परीक्षर्थीलाई पुर्याउने गर्दछन । परीक्षार्थी, निरीक्षक, सुरक्षाकर्मीका मोबाईलबाट समेत प्रश्न पत्र बाहिर जाने गरेको पाईएको छ । एसएलसी परीक्षाको समयमा केन्द्र नजिकका फोटो कपी पसलमा बाहिरीएको प्रश्न पत्रको उत्तर फोटो कपी गराउनेको भीड नै लाग्ने गर्दछ । अझ लोडसेडिङको समयमा त जनेरेटर समेत चलाईएको हुन्छ ।

शिक्षा काार्यलयले सिधै कक्षा १० मा भर्ना हुनका लागि बसाईसराई र बिवाह र्दा अनिवार्य गरे पनि बाहिरी जिल्लाबाट समेत थुप्रैले परिक्षा फारम भरेको श्रोतले जनाएको छ । बिगत बर्षहरुमा यसबाट कतिपय बिद्यालयले त एसएलसी पास गराउने जिम्मा लिएर राम्रो अर्थोपार्जन पनि गरेका थिए । कतियले यसरी आर्जित पैसाले बिद्यालयको भौतिक पुर्बाधार पनि सुधारेका छन् ।

परिक्षालाई बढी मर्यादित देखाउन पनिका, क्षेशिनि, प्रजिअ र अन्य आगन्तुक आएका बेला भने परिक्षालाई शान्त बनाईएको हुन्छ । बाहिरबाट कोही आउना साथ परिक्षा केन्द्रका सहायक बा अन्य शिक्षक आई एक छिनलाई चिट चोर्ने काम बन्द गर्न अनुरोध गर्दछन् । आगन्तुकहरु जाना साथ फेरी परिक्षा हल माछा बजार भन्दा बढी हुन्छ । कतिपयले त गाईड गेस पेपररै राखेर लेख्छन् । कक्षा कोठामा गार्ड बसेकाहरु मुख दर्शक हुन्छन् । परिक्षा अमर्यादित हुदा पनि चिट चोरेर निष्काशित हुने बिद्यार्थीहरु नगण्य हुन्छन् । केन्द्र बा क्षेत्रबाट आएका निरिक्षकले निष्काशित गरेको घटना बाहेक जिल्ला स्तरकाले निष्काशित गरेको घटना बिरलै हुन्छ ।

गितमा चिट चोरे चोराएको रंगेहात पक्राउ गरिए पनि त्यस्ता शिक्षकलाई कुनै कारबाही गरिदएको पाइएको छैन ।  सरकारले चिट चोर्ने र चोराउनेलाई सार्वजनिक मुद्दा लगाउने घोषणा गरेको छ तर यहाँ सो कुरा कसैमाथी पनि लागु हुदैन भन्छन् स्थानीयबासी । हरेकसाल परिक्षा मर्यादीत बनाउनका लागि नयाँ नयाँ कुरा ल्याई पनि कार्यावन्वयन भने नगरिने उनीहरु बताउछन् । परीक्षा केन्द्रमा निरीक्षणका टोली पुग्नु पुर्व सो केन्द्रमा सेटिङ गरीएको ब्यक्तिले जानकारी गराई सकेको हुन्छ । टोली पुग्नु पहिले नै कोठामा परीक्षर्थीलाई सचेत गराई सकिन्छ ।

उता समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द घिमिरले २१ बुँदे निर्देशिकाले परीक्षा मर्यादीत हुुने बिश्वास ब्यक्त गर्नुभयो । “ बिगत भन्दा सुधारको प्रयास गरेका छौ, त्यसैले बिगत बर्ष भन्दा यस बर्ष परीक्षा मर्यादीत हुन्छ । ” उहाँले भन्नुभयो । परीक्षालाई मर्यादीत बनाउन हुने सम्मको प्रयास गरेका छौ , सरोकारवाहरुले समेत त्यसमासथा दिने प्रतिबद्धता जनाएकाले यस बर्ष परीक्षा ब्यस्थित हुने उहाँको भनाई छ । सुरक्षा निकाय सहीत अनुगमनका लागि ५ वटा मोबाईल टोली गठन गरिएको छ भने परक्षिमा समन्वय समतिले दिएको परिचय पत्र बाहेक अनावश्य मान्छेलाई परीक्षमा पस्न रोक लगाईएको उहाँले बताउनुभयो ।

२५ परिक्षा केन्द्र कायम भएको जिल्लामा नियममित तर्फ ५ हजार ५०७ र एकजाम्टेड तर्फ एक हजार ३७७ परिक्षार्थी रहेको शिक्षा काार्यलयले जनाएको छ ।

Posted by Butwalonline on 7:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसएलसी परिक्षा मर्यादीत बनाउन ठूलो चुनौती"

Leave a reply