|

भुकम्पबाट बच्न बिद्यार्थीलाई पुर्वाभ्यास

किरणमान बज्राचार्य,कपिलवस्तु, २९ फागुन - एक्कै चोटी सिटठी बज्दा बिद्यार्थीहरु बीच भागदौड । धेरै बिद्यार्थीहरु खाली चौरमा दुबै हातले टाउको समातेर घोप्टो परेर सुतेका थिए । जगदिशपुर बजारमा रहेको कनकमुनि उच्च माबि परिसरमा के भयो भनेर बटुबाहरु हेर्न पुगे ? बिद्यार्थीहरु चुपचाप घुडा टेकेर घोप्टो मन्टो लगाएर सुतेको देख्दा सबै अचम्प परे । के भयो भने बटुबाहरु काने खुसी गर्न थाले । तर बिद्यार्थीहरु संभाबित भुकम्पको जोखिमबाट बच्न सक्ने उपायबारे पुर्भाब्यास गर्दै थिए ।

विश्बमा नेपाल भूकम्पिय जोखिमबाट ११ औं स्थलमा रहेकाले अहिले यहा बिद्यार्थीहरुलाई भुकम्पको जोखिमबाट बच्न सक्ने उपायबारे सचेतना गरिएको हो । स्थानिय अग्रसरताका लागि क्यानाडा कोषको सहयोगमा मंगलबार कनकमुनि उच्च माबिका बिद्यार्थीलाई बिद्यालयको प्रा¨णमा भेला गराई अभ्यास गराईएको हो ।

करिब दुई मिनेट सिटठी फुकेको बेला भूकम्प आएको संझन लगाई राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण केन्द्रले बिद्यँर्थीलाई अभ्यास गराएको थियो । भूकम्प आउना साथ सकभर खाली ठाउ खोजेर घुडा टेकी दुबै हातले टाउको समातेर जमिनमा छोईएर बस्न अभ्यास गराईएको थियो । त्यस्तै खाली जमिन नपाईए ढोका झयाललाई आड लगाएर बस्न सिकाईएको थियो । त्यस्तै भुकम्प गएको एक मिनेट पछि सम्म हिडडुल गर्न नहुने र त्यस पछि सुरक्षित खुला ठाउमा जम्मा हुने बताईएको थियो । त्यस पछि साथीहरु गन्ने र साथीहरु हराएका भए खोजी गर्नु पर्ने बताईएको थियो । घाईते साथीको प्राथमिक उपचार गर्ने र सख्त भए उपचारका लागि अस्पताल पठाउन सिकाईएको केन्द्रका अध्यक्ष डा. ध्रुबराज गौतमले बताउनु भयो । डक कभर होल्ड बिधी अपनाई सिकाईएको बिधी अहिले बिश्ब भरि चलनमा रहेको बताईएको छ ।

प्रशिक्षण पछि भुकम्पिय जोखिम कम गर्न धेरै ज्ञान भएको कनकमुनि उच्च माबिकी कक्ष्ाँ ८ मा पढने संझना भटराईले बताउनु भयो  । उहाले अब आफुले सिकेको ज्ञान परिबार पनि सिकाउने बताउनु भयो । राष्ट्रिय माबि धनकौलीकी बिपद् ब्यबस्थापन समिति अध्यक्ष सोनमति यादबले पनि अभ्यास निक्कै ब्यबहारिक र उपयोगी प्रतिक्रिया दिनु भयो । यस्ले समाज र घर परिबारलाई निक्कै फाईदा पु¥याउने उनले बताउनजु भयो । बिद्यार्थीलाई सिकाउदा यस्को प्रभाब परिबार सम्म पुुग्ने हुदा धेरै प्रभाबकारी भएको कनकमुमि माबिका शिक्षक शंकर श्रेष्ठले बताउनु भयो । यस्तो तालिम आफुले कहिल्यै नलिएको उहाँले बताउनु भयो । त्यस्तै भुकम्पबाट घाईतेलाई उद्धार गर्न बिद्यँर्थीहरुलाई बिद्यालयमा उपलब्ध स्रोत सामग्रीलाई उपयोग गरेर स्ट्रेचर बनाउन सिकाईएको छ । त्यस्तै दुई बिद्यार्थीहरुले आफनै हात जोडेर घाईतेलाई बोक्ने सकिने अभ्यास पनि गराईएको थियो । स्ट्रेचर कसरी बोक्ने लैजाने भनेर उनीहरुलाई सिकाईएको थियो । कनकमुनि सहित राष्ट्रिय माबि धनकौली र तिलौराकोट माबि का २ हजार दुई सय बढी बिद्यार्थीलाई अभ्यासमा सहभागी गराईएको केन्द्रका कोषाध्यक्ष रामप्रसाद भटराईले बताए । त्यस्तै अभ्यासमा ३ बटै बिद्यँलयका ३५ शिक्षक पनि सहभागी रहेका थिए । त्यस्तै ३ बटै बिद्यालयमा प्राथमिक उपचारका साम्रगीहरु पनि प्रदान गरिएको थियो ।

Posted by Butwalonline on 7:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भुकम्पबाट बच्न बिद्यार्थीलाई पुर्वाभ्यास"

Leave a reply