|

चैत्र ३० गते रुपन्देहीमा विद्यार्थी संगठनद्धारा सवारी साधनहरु बन्द

लक्ष्मण पोखरेल,बुटवल, फाल्गुण २९ - रुपन्देहीमा क्रियाशिल विद्यार्थी संगठनहरुले मुल्य बृद्धिको बिरोध गरेका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष सरोज पोखरेल, नेविसंघका जिल्ला सभापति प्रकाश राना, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष केशरबहादुर थापा, अखिल छैठौका प्रकाश जि.सी. र नेक्राविसंघका अध्यक्ष रामचन्द्र श्रेष्ठद्धारा हस्ताक्षेरित विज्ञप्तीमा  राष्ट्रिय सहमति र सुशासनको भाषण गरेर नथाक्ने भट्टराई नेतृत्वको वर्तमान सरकार इतिहासकै सबैभन्दा भ्रष्ट, राष्ट्रघाती, जनघाती र नालायक सावित भएको छ ।

अदालतले दोषी ठह¥याएकाहरुलाई जोगाउने, भ्रष्ट्रचारीहरुलाई पुरस्कृत गने, राष्ट्रघाती सन्धीसंम्झौता गर्ने, कालोबजारीहरुको संरक्षण गर्ने, जनताको ढाड सेक्ने गरी महङ्गी वृद्धि गर्ने लगायतका जनविरोधी कार्य गर्ने वर्तमान सरकार कलंकित सावित भएको सर्वविदितै छ । फेरी एकपटक सार्वजनिक यातायातमा ९(११ प्रतिशतका दरले भाडा बृद्धि गरेर नेपाली जनताको ढाड सेक्ने काम गरेको छ । भाडा बृद्धिले यातायात मात्र नभएर सम्पूर्ण उपभोग्य सामानहरुमा समेत बृद्धि हुने हुँदा गरिव जनताको चुलोमा आगो बल्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै यहि चैत्र ३० गते रुपन्देहीमा क्रियाशिल विद्यार्थी संगठनद्धारा विहान ५ बजेदेखि १० बजेसम्म सरकारी, संस्थान र भाडाका सवारी साधनहरु बन्द गर्ने कार्यक्रम रहेको छ । बन्दको अवज्ञा गरेको पाइएमा त्यसबाट हुन जाने क्षतिको जिम्मेवारी स्वयं हुनुपर्ने छ । तर यो बन्दको क्रममा रातो प्लेट, पर्यटक, कुटनीतिक नियोग, एम्बुलेन्स, दमकल, शव बाहन, दुधका सवारी साधनहरु चल्न पाउने कुरा अनेरास्ववियुका जिल्ला प्रचार विभाग प्रमुख बालकृष्ण पाण्डेले जानकारी गराएका छन्

Posted by Butwalonline on 7:14 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चैत्र ३० गते रुपन्देहीमा विद्यार्थी संगठनद्धारा सवारी साधनहरु बन्द"

Leave a reply