|

बुटवलमा राजस्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

लक्ष्मण पोखरेल,बुटवल,२९ फागुन । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक राममणि दवाडीले कर छलेर कारोवार नगर्न आग्रह गर्नुभएको छ ।

तत्तकालको लागि कर छलेर कारोबार गर्न सफल भएपनि कुनै न कुनै दिन विभागले कारबाहीको दायरामा ल्याउने बताउनुभयो । नेपाल उद्योगा बाणिज्य महासंघको आयोजना तथा बुटवल उद्योग बाणिज्य महासंघको आतिथ्यतामा मंगलबार बुटवलमा भएको राजस्व सम्बन्धि  अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहानिर्देशक दवाडीले यस्तो विचार ब्यक्त गर्नुभएको हो । उहाले प्रत्यक्ष कर २५ प्रतिशत र अप्रत्यक्ष कर ७५ प्रतिशत भएकाले ब्यवासायिहरुले मात्रै कर बुझाएको भन्ने कुराभ्रम भएको समेत बताउनुभयो ।

उहा“ले करदाताको सुरक्षा र सम्मानको लागि पहल गरिरहेको बताउदै कर नतिर्नेहरुबाटै असल करदातालाई समस्या भएको बताउनुभयो । कतिपय ब्यवसायिहरुले न्यूनतम प्रकृया समेत नपु¥याउदा ुमिक्सम्याचु को सस्मया देखिएको दवाडीको भनाई छ ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले निजि क्षेत्रले राज्यलाई कर तिर्न जहिले पनि तयार रहेको तर लगानीको वातावरणको सरकारले ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो । उहा“ले लगानीको वातावरण सृजना भएको खण्डमा कर समेत बढ्ने भएकाले राजस्व विभाग र मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । सो अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आन्तरिक राजस्व विभाग कृष्णनगरका जदीश्वर उपाध्याय र भैरहवाका जजनकराज शर्माले कर लिनु राज्यको अधिकार  र कर तिर्नु नागरिकको दायित्व भएको भएको बताउनुभयो । स्थानीयस्तरमा सबैसंग सहकार्य गरेर अगाडि बढेको बताउदै करको दायरामा आउनैपर्ने धारणा राख्नुभयो ।

रुपन्देही,कपिलबस्तु,नवलपरासी,पाल्पा,अर्घाखाचीका उद्योग बाणिज्य संघका पदाधिकारी, प्रतिनिधि,करदाता सहित अन्य ब्यवसायिहरुको सहभागिता रहेको कार्यक्रममा राज्स्व विभागले आफ्नो जिम्मेवारी पुरा नगरेको भन्दै, आलोचना गरेका थिए । कार्यक्रम बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षता,पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष भुषण राजलवटको स्वागत एंव अनिल श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 7:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा राजस्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a reply