|

भाडावृद्धि फिर्ता नभएसम्म विद्यार्थीको आन्दोलन जारी

काठमाण्डौं फागुन २९ - सार्वजनिक यातायातमा सरकारले गरेको भाडाबृद्धिको विरोध तथा तत्काल स्ववियु निर्वाचनको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले आज पनि आन्दोलनका कार्यक्रमलाई जारी राखेका छन् ।

विपक्षी दलका ११ विद्यार्थी संगठनले आज बिहान ६ देखि १० बजेसम्म सार्बजनिक र सरकारी गाडी चलाउन रोक लगाइने बिद्यार्थीले जानकारी दिएका छन । यस अघि हिजो पनि बिद्यार्थिहरुले बिभिन्न क्याम्पस अगाडी सीटी जुलुस प्रर्दशन गरका छन् । । भाडावृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।सरकारले गएको शुक्रबारदेखि सार्वजनिक यातायातमा ९ प्रतिशत भाडा बढाएपछि विद्यार्थी आन्दोनमा उत्रिएका हुन । आइतबार काठमाण्डौमा बसेको ११ विधार्थी संगठनको संयुक्त बैठकले भाडावृद्धीविरुद्ध तीन दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

Posted by Butwalonline on 6:38 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भाडावृद्धि फिर्ता नभएसम्म विद्यार्थीको आन्दोलन जारी"

Leave a reply