मोक्षधाम सेवा आश्रम निर्माण सहयोगार्थ भैरहवामा श्रीमद्भागवत महा महोत्सव हुने
लक्ष्मण पोखरेल,बुटवल २९ फागुन । मोक्षधाम सेवा आश्रम आठधाम निर्माण सहयोगार्थ भैरहवामा आयोजना गरिएको श्रीमद्भागवत महा महोत्सव २०६९ को तयारी पुरा भएको छ । मोक्षधाम सेवा आश्रमले आज बुटवलमा पत्रकार सम्मेलन गरि नेपालमै पहिलोपटक महामहोत्सवआयोजना गरिएको जानकारी दिइएको हो । महायज्ञ चैत १३ देखि २४ गतेसम्म भैरहवाको देवकोटाचोकमा हुने छ ।
अध्यक्ष इश्वर कृष्ण महाराज जीले नेपालको चार र भारतको चार गरि आठधामको संयुक्त केन्द्रको रुपमा रहेको मोक्षधामको प्रचार प्रसार र विकासका लागि महायज्ञ आयोजना गरिएको बताउनुभयो । महाराजीका अनुसार ११ हजार १ सय ११ बृद्धबृद्धालाई सम्मान सहित पुजन र भूमिदान पनि हुने छ । भुमिदानका लागि १ हात भुमि दान गर्ने दातालाई महायज्ञ आयोजक समितीले ५ हजार १ सय रुपैंयामा व्यबस्था मिलाएको र मोक्षधाम परिषर भित्र रहने सिलालेखमा दानबिरहरुको नाम राखीने समेत बताइएको छ । महायज्ञबाट १० करोड स.कलन हुने आयोजकले अपेक्षा राखेका छन् । भारतको आस्था टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने महायज्ञमा नेपाल र भारतका प्रख्यात सन्त महन्तले प्रवचन दिनुहुने छ ।