|

दलित लागि बुटवलमा लोकसेवा आयोग तयारी कक्षा शुरु

रुपन्देही,२० फागुन । दलित समुदायका विद्यार्थीका लागि सोमबारदेखि बुटवलमा लोकसेवा आयोग तयारी कक्षा शुरु भएको छ ।नेपालका प्रशाशनमा दलितहरुको सहभागिता बढाउनका लागि भन्दै उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समिति केन्द्रिय कार्यालयको आयोजनामा निशुल्क तयारी कक्षा शुरु भएको हो । तयारी कक्षाको एक समारोहका विच विकास समितिका केन्द्रिय उपाध्यक्ष खिम बहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै उपाध्यक्ष विश्वकर्माले दलित समुदायको प्रशाशनियक निकायमा सहभागिता नभएको भन्दै निशुल्क तयारी कक्षा आयोजना गरिएको बताउनुभयो । उहाले दलितहरुको मुद्धा एकिकृत गर्नुपर्ने बताउदै राज्यसत्तामा सहभागिताका लागि पनि कर्मचारीतन्त्रमा सहचभागिता हुनुपर्ने बतचाउनुभयो । दलित वर्ग उत्थान जिल्ला समिति रुपन्देहीका उपाध्यक्ष पदम बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्यि सदस्य गोविन्द खनाल,दलित मुक्ति मोर्चाका ज्योतीलाल विश्वकर्मा,मुक्ति समाजका जिल्ला सचिव सुरेन्द्र श्री विश्वकर्मा,जातिय समता समाजका अध्यक्ष जीत बहादुर विश्वकर्मा,दलित महिला संघका मनु खड्का,समानताका लागि जागरण केन्द्रका भुवनसिंह विश्वकर्मा,शाखा अधिकृत अनिता विश्वकर्मा,संगिता जिआर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियाृे । नायब सुब्बा स्तरीय लोक सेवा र  शिक्षक सेवा आयोगको तयारी कक्षाका लागि पन्देही,गुल्मी र अर्घाखाचीका गरि ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

Posted by Butwalonline on 5:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दलित लागि बुटवलमा लोकसेवा आयोग तयारी कक्षा शुरु"

Leave a reply