|

कुर्चीका लागि गरिएको सहमतिले मुलुकलाई निकास नदिने-चन्द विप्लप

रुपन्देही,२० फागुन । नेकपा–माओबादीका सचिव नेत्रविक्रम चन्द विप्लपले जनताको एजेन्डा छोडेर कुर्चीका लागि गरिएको सहमतिले मुलुकलाई निकास नदिने बताउनुभएको छ । एमाओबादी,काग्रेस एमाले र मधेशीमोर्चाले कुर्चीका लागि प्रधानन्याधिसको नेतृत्वमा सरकार गठन गर्न लागेको बताउदै यसले झन मुलुक अप्ठ्यारोमा पर्ने बताउनुभयो । क्रान्तिकारी पत्रकार महासंघ अवद्यराज्य समितिले सोमबार (आज( बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव चन्दले यस्तो बताउनुभएको हो । उहाँले चारदलले एकलौटी रुपमा प्राधान्याधिसलाई प्रधानमन्त्रि बनाउने निर्णय गरेकाले त्यो आफुहरुलाई मान्य नहुने बतमाउनुभयो । उहाँले विदेशीको ईसारामा प्रधान्याधिसको नेतृत्व स्विकार गरेको बताउदै चारको एकलौटी निर्णय विरुद्ध सडक संघर्षमा जाने समेत चेतावनी दिनुभयो । ‘राजनितिक पार्टीहरुबाटै निकास निकाल्नुपर्छ’ उहाले भन्नुभयो ‘ न्याधिस प्रधाननमन्त्रि हुन मिल्दैन ।’

उहाले गोलमेच सम्मेलनबाटै राजनितिक सहमतिमा निकास निकाल्नुपर्ने भन्दै यदि दलहरुले आफुहरुको आवाज नसुने सडक संघर्षमा जाने दोहर्‍याउनुभयो । चन्दले जनयुद्धका मुद्धालाई थाती राखेर क्रान्तिकारी र प्रजातन्त्रबादीहरुमा भएको सहमति आफ्नो पार्टीलाइ स्विकार्य नहुने बताउनुभयो ।

Posted by Butwalonline on 5:50 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुर्चीका लागि गरिएको सहमतिले मुलुकलाई निकास नदिने-चन्द विप्लप"

Leave a reply