|

मन्टेश्वरीको खेलकुद कार्यक्रम सम्पन्न

भैरहवा, १९ फाल्गुन ÷ मन्टेश्वरी मेमोरियल ई·लिस बोर्डि· हाई स्कूल भैरहवाको बार्षिक खेलकुद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । छात्र तथा छात्रा गरि दुई वर्गमा गरिएको खेलकुदमा सब जुनियर, जुनियर र सिनियरमा वर्गिकरण गरि खेलकुद गरिएको आयोजकले जनाएका छन । दौड,रिले दौड, ल· जम्प, हाई जम्प, शटपुट, भलिबल, बोरा दौड, स्किीपि· रेस लगायतका खेलकुद गराईएको थियो । दुई दिन सम्म सञ्चालन भएके कार्यक्रममा प्रथम पुरस्कार ग्रीन हाउस, दोश्रँे रेड हाउस , तेश्रो येल्लो हाउस, तथा सान्तवना पुरस्कार ब्लु हाउसले प्राप्त गरेको खेलकुद संयोजक रामदेव यादवले जनाएका छन । बिजयी समूहलाई बधाई दिदै बिद्यालय सञ्चालक समितिका अध्यक्ष्ँ बि.पी. चौधरीले खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले बिद्यार्थीहरुको अन्तरनिहित गुणहरुलाई उजागर गरि उन्वल भविष्य निर्माण गर्न सहयोग पुग्ने धारणा राखेका थिए । यस्ता बिद्यालय स्तरिय खेलकुद प्रतियोगिताले राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरि बिश्वभरि नेपाल र नेपालीको नाम चिनाउन महत्वपूर्ण भूमिका खेल्ने वक्ताहरुले जोड दिए ।

बिद्यालय सञ्चालक समितिका अध्यक्ष्ँ बि.पी. चौधरीको अध्यक्षता, प्रधानाध्यापक बि.पी. सिंह पालको स्वागत मन्तब्यमा सम्पन्न भएको समापन कार्यक्रमको सञ्चालन राजेन्द्र मौर्य र राजेश चौधरीको रहेको थियो ।

Posted by Butwalonline on 4:41 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मन्टेश्वरीको खेलकुद कार्यक्रम सम्पन्न"

Leave a reply