|

नेकपा माओवादी सहित साना दलले आव्हान गरेको नेपाल वन्द खुलेपछि जनजीवन समान्य

बिनोद परियार,बुटवल ,फागुन २३,नेकपा माओवादी सहित ४ दलले आव्हान गरेको नेपाल वन्द ५ बजेबाट खुलपछि जनजीवन समान्य भएको छ । अपरान्ह पांचबजे बुटवलको राजमार्ग चौराहमा आयोजित कोणसभामा बोल्दै  नेकपा माओवादीका जिल्ला सह ईन्चार्ज नेत्र नारायण शर्माले प्रधानन्यायाधिसको नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताब बिदेशी ईसारामा आएको बताउदै आफ्नो पार्टिको सर्बाेत्तम बिकल्प गोलमेच सम्मेलनबाट राष्ट्रिय सरकारको गठन भएको उल्लेख गर्नुभयो ।

नेकपा एकिकृतका केन्द्रिय सदस्य प्रेम सुबेदीले जनताका मुद्धा पछाडि पारेर प्रमुख दलहरु सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाउनुभयो । उहाले बन्दको क्रममा सहयोग पुऱ्याउने सबैलाई आभार ब्यक्त गर्नुभयो । कोणसभा नेकपा माओबादीका जिल्ला सेक्रेटरी गोबिन्द पंगेनीको संचालनमा भएको हो । दिनभरको बन्दको कारण आज यस क्षेत्रको जनजिवन विहानैबाट प्रभावित बनेको थियो । बर्तमान सरकारको विघटन, गोलमेच सम्मेलनबाट राष्ट्रिय सरकारको गठन, प्रधानन्यायाधिसको नेतृत्वमा सरकार गठन गर्न नहुने भन्दै आव्हान गरिएको बन्द सफल पार्न विहानैबाट कार्यकर्ताहरु चोकचोकमा जम्मा भएका थिए । बन्दका कारण पसल, शिक्षण संस्था, उद्योग कलकारखाना पुर्ण रुपमा बन्द रहे ।

बन्दका कारण पुर्वपश्चिम राजमार्ग लगायत बजारका भित्री सडकमा समेत  सवारीका साधनहरु गुड्न सकेनन् । विगतका बन्दमा फाट्टफुट्ट रुपमा साना सवारी साधन चल्ने बजारका भित्री सडकहरु पनि आज सुनसान देखिन्थे । बन्द आयोजकहरु जनस्वयंसेवक लेखिएको रातो ज्याकेट लगाएर सडक तथा बजारका चोकचोकमा हातमा लट्ठी लिएर बन्द गराउन बसेका थिए । पाल्पामा भने महोत्सव सञ्चालन अवधिभर कुनैपनी राजनितिक दलहरुले बन्द नगर्ने प्रतिवद्धता जनाए अनुसार यातायात संचालनमा अवरोध नगरिएको बताईएको छ । अर्घाखांचीमा पनि विभिन्न संघसंस्थाको आग्रहमा बन्दको कार्यक्रम फिर्ता लिईएको बताईएको छ । कपिलबस्तु र नवलपरासीमा भने बन्दले दिनभर जनजीवन प्रभावीत भचएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

Posted by Butwalonline on 6:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेकपा माओवादी सहित साना दलले आव्हान गरेको नेपाल वन्द खुलेपछि जनजीवन समान्य "

Leave a reply