|

चुनाव सबै दलको सहमतमिा गर्नुपर्ने काग्रेस नेता उपाध्यायको भनाई

बिनोद परियार,बुटवल ,फागुन २३-नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले संविधानसभा जस्तो दुरगामी महत्वको चुनाव सबै दललाई सहमतिमा ल्याएर गर्नुपर्ने बताउनुभएको छ । उहाले नेकपा माओवादी,मधेशी जनअधिकार फोरम, मधेश राष्ट्रिय समाजवादी पार्टी लगायतका दलहरुलाई सहमतिमा ल्याएर चुनावमा जानुपर्नेमा जोड दिनुभयो  ।

रिपोर्टस् क्लब लुम्बिनीले बुधबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता उपाध्यायले संविधानसभाको चुनाव संसदीय चुनाव जस्तो नभएकाले सबैको सहमतिविना गरिने चुनाव सार्थक र परिणाममुखी नहुन सक्ने बताउनुभयो संविधानसभाको चुनाव निकासका लागि राष्ट्रको प्रमुख कार्यभार भएकोमा जोड दिदै उपाध्यायले एकीकृत माओवादीले स्पष्ट कुरा नगर्दा निकासमा ढिलाई भैरहेको आरोप लगाउनुभयो ।  देशलाई असफल राष्ट्र हुनबाट जोगाउन र लिकबाट बाहिर जान लागेको राजनीतिलाई लिकमा ल्याउन प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन कांग्रेस एमाले सहमत भएको उहाको तर्क छ । कार्यक्रम रिर्पाेटस क्लव लुम्बिनीका अध्यक्ष प्रकाश खनालको अध्यक्षता तथा सचिब सुरज भण्डारीको संचालनमा भएको हो ।

Posted by Butwalonline on 6:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चुनाव सबै दलको सहमतमिा गर्नुपर्ने काग्रेस नेता उपाध्यायको भनाई "

Leave a reply