गुल्मीमा भएको जीप दुर्घटनामा दुईको मृत्यु दश जना घाइते
बाबुराम गैरे,गुल्मी फागुन ३०, गुल्मीको नेटा गाविसमा बिहीबार साझा जिप दुर्घटना हुदाा २ जनाको घटनास्थलमै मुत्यु भएको छ ।दुर्घटनामा १० जना घाईते भएका छ भने घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुघटनामा मुत्यु हुनेमा नेटा ५ की अन्दाजी ८० बर्षिय दिलमती श्रीस र नेटा ९ का ५५ बर्षका नर बहादुर भण्डारी रहेका छन । जिल्लाको सदरमुकाम तघास बाट नेटा दलिङ्गका लागि छुटेको लु १ ज २०२४ नम्बरको उक्त जिप नेटा ५ म्यालचौर भन्ने स्थानमा दुर्घटनामा परेको थियो । घटनास्थल प्रहरीचौकी पौदीअमराईबाट ४ घण्टाको दुरीमा रहेको छ । घटनास्थल प्रहरीचौकी देखि ४ घण्टाको दुरीमा रहेपनि बिहीबारदेखि शूरु हुने एसएलसी परिक्षाका लागि नेटा परिक्षाकेन्द्रमा सुरक्षाका लागि गएको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरेको थियो । घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याईएको छ भने जिपका चालक फरार रहेको प्रहरीले जनाएको छ । जीप सड्कबाट १ सय मिटर भन्दा तल खसेको छ ।
