एसएलसी परीक्षामा सहभागी हुँदैगरेकी छात्राको माटोमा पुरिएर मृत्यु
रुकुम चैत, चैत १-आजदेखि सुरु भएको एसएलसी परीक्षामा सहभागी हुन तयारीमा रहेकी रुकुम पोखरा गाविसको जनता उच्च माविकी छात्राको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । रुकुमकोट परीक्षा केन्द्रबाट परीक्षा दिन रुकुमकोट पुगेकी पोखरा गाविस- ४ की १८ वर्षीया गीता खड्का थापाको हिजो साँझ मृत्यु भएको हो ।
प्रहरीका अनुसार आफू बस्ने कोठा पोत्न माटो लिन गएकी खड्का माथिबाट खसेको माटोको ढिस्कोले पुरिएका थिइन् । घाइते अवस्थामा फेला परेकी खड्काको उपचार गर्न लिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।हिजो दिउँसो माटोमा पुरिएकी खड्कालाई साँझ फेला पारिएलगत्तै अस्पताल पुर्याए पनि चिकित्सकले त्यसअघि नै उनको मृत्यु भइसकेको बताएका थिए । स्रोत : ओनलाइन खबर /रासस
