|

प्रधानन्याधीश रेग्मीले मन्त्रिपरिषद् अध्यक्षको सपथ लिए, बाहिर २२ दलको विरोध

काठमाडौं, चैत्र १ - शितल निवासमा एक विशेष समारोहबीच चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा प्रधानन्यायाधीश खिलराज रेग्मीले सपथ ग्रहण गरेका छन् । त्यहाँ आयोजित विशेष समारोहमा राष्टपति रामवरण यादवले उनलाई सपथ गराएका हुन् । रेग्मीले आफू सपथ लिएपछि त्यही समारोहमा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र मन्त्रीका रुपमा सपथ ग्रहण गराएका छन् ।

प्रमुख राजनीतिक दलहरुबीच बुधबार राति अन्तरिम निर्वाचन परिषद् गठन गर्नेसहितका ११ बुँदे सहमतिमा हस्ताक्षर भएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको विरोधमा उत्रेका नेकपा-माओवादी समेत २२ दलले शितल निवास बाहिर नारावाजी गर्दैछन् । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरु पानीपोखरीपट्टी धर्ना दिएर प्रदर्शन गरिरहेका छन् । उपाध्यक्ष सीपी गजुरेल र महासचिव रामबहादुर थापाले प्रदर्शनको नेतृत्व गरिरहेका छन् । उनीहरुको प्रदर्शन र धर्नाले पानीपोखरीबाट महाराजगंज जाने बाटो अवरुद्ध भएको छ ।  स्रोत : कान्तिपुर

Posted by Butwalonline on 6:55 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रधानन्याधीश रेग्मीले मन्त्रिपरिषद् अध्यक्षको सपथ लिए, बाहिर २२ दलको विरोध "

Leave a reply