नगरपालिकाको चौक बजारको बाटोको स्वारुप परिवर्तन हुदै
कपिलवस्तु, २१ फागुन,कपिलवस्तु नगरपालिकाको चौक बजारको जीर्ण एवं साँघुरो बाटोको स्वरुप परिवर्तनका लागि कार्य अघी बढाईएके छ । त्यस्का लागि कपिलवस्तु नगरपालिकाको प्रशासन चोक हुदै गौढी मुल बाटो सम्म पुग्ने चौक बजारको भित्री बाटोको पुर्न निर्माण शूरु गरिएको छ । मर्मत संभारको अभावमा जीर्ण बनेको ४२५ मिटरको सो बाटोमा पीसीसीको कार्य शुरु भएको हो ।
सो क्रममा सडक क्षेत्रमा अतिक्रमण गरी बनाईएका टहरा, पुस्तीहरु समेत भत्काएको छ भने जीर्ण बनेको सडकमा एक्साभेटर लगाएर पीसीसीका लागि भत्काउनु कार्य सकिएको नगरपालिकाले जनाएको छ । पाँच देखि सात मिटर लामो पुरानो सडकको कुल ४८ लाख ७९ हजार २९४ रुपैयामा पीसीसी कार्य गरिने नगरपालिकाका ईन्जीनियर देव शाहले बताउनु भयो । सोसंगै सडकको दुबै किनारमा स्लोप नाली समेत निर्माण हुने उहाँले बताउनु भयो ।
एक साँघुरो बाटो त्यसैमा बाटो क्षेत्रको अतिक्रम गरी भौतिक निर्माणले सो बाटोमा आउजाउ गर्न निकै सास्ती हुने गरेको स्थानीय शीजन शर्माले बताउनु भयो । जिल्ला कै पुरानो र सदरमुकाम तौलिहवाको मुख्य बजार बाटो कै कारणले अस्तब्यस्त, फोहर र प्रायजसो जाम हुने भएकाले वटुवाहरुलाई सो बाटो हिड्न निकै सास्ती हुने गरेका उहाँले दुखेसो पाख्नु भयो । यस्तो अवस्थामा बाटोको पुर्न निर्माणले बजार कै स्वारुप परिवर्तन भई आफुहरुलाई हिडडुल गर्न समेत सहज हुने स्थाीयको भनाई छ ।
बाटो निर्माणका लागि शूरुमा तोडफोड गर्दा केही स्थानीयले बिरोध जनाए पनि पछि खुशी भएको कार्यकारी अधिकृत निरंजन सापकोटाले बताउनु भयो । बाटो निर्माणको कार्य तिब्र गतिमा भईरहेको तथा निर्माण ब्यवसायीलाई समय मै सो कार्य सम्मप गर्न आफुले निर्देशन दिएको बताउनु भयो । सो कार्यको जिम्मेवारी पाएको तपेश्वरी निर्माण सेवाका प्रोपराईटर तपेश्वरी कहाँरले समय मै काम सकिने बताउनु भयो । । फागुन मसान्त सम्म नै कार्य सम्मन गर्नु पर्ने भनिए पनि तोडफोडले गर्दा ढिलाई भएकाले एक दुई महिना मै कार्य सम्मपन हुने कहाँरको भनाई छ ।