कपिलवस्तुमा ३ हजार ४५४ पुरुष समलिङ्गी
कपिलवस्तु, २१ फागुन,कपिलवस्तुमा तीन हजार ४५४ पूरुष समलिङ्गी फेला परेका तथ्यांक सार्वजनिक गरिएको छ । जिल्लामा पुरुष समलिङ्गीको क्षेत्रमा क्रियाशील किड्स नामक संस्थाले बिगत चार बर्षमा ती समलिङगीहरु फेला परेको जनाएको छ ।
गत बर्ष ११५ जना पुरुष समलिङ्गी भेटिए पछि पुरुष समालिङगीहरुको संख्या त्यती पुगेको कार्यक्रमको समिक्षाको अवसरमा संस्थाका अध्यक्ष कृष्ण द्धिवेदीले बताउनु भयो । जिल्लाका ६१ गाबिस र एक नगरपालिका सस्थाद्धारा पुरुष समलिङ्गीहरुमा एचआईभी न्युनीकरण कार्यक्रम संचालित रहेको उहाँले जानकारी दिनु भयो । कार्यक्रम मार्फत उनीहरुलाई परामर्शका साथै हक अधिकारको वकालतका बिषयमा कार्य गर्दै आएको कार्यक्रम संयोजक कमला शुक्लाले बताउनु भयो । उनीहरुका लागि आयआर्जन, सुरक्षित मातृत्व लगायतका बिषयमा समेत केही लगानी गर्नु पर्ने सो अवसरमा सुझाव दिईएको थियो ।
पुरुष समलिङ्गीहरुको हक अधिकार स्थापनका लागि गठीत जीवन सुधार संजालका संयोजक जयसराम कोरीले पुरुष समलिङ्गीहरुमाथी हेयभाव र भेदभाव जारी रहेकोले उनीहरुको जीवन कष्टकर रहेको गुनासो गर्नु भयो ।कार्यक्रममा मेरी स्टोप्स तौहिलवाका ईन्जार्च मनिराम पाण्डेय, रीता बोहरा लगायतले बोल्नु भएको थियो ।