बैद्य नेतृत्वको नेकपा माओवादीसहित चार दलद्धारा फागुन २३ गते नेपाल बन्द आव्हान
बुटवल २१ फागुन,घोषित नेपाल बन्दलाई सफल पार्न मोहन बैद्य नेतृत्वको नेकपा माओवादीसहित चार दल रुपन्देहीले निर्णय गरेको छ । आज बुटवलमा बसेको चार दलको संयुक्त बैठकले बन्दलाई सफल पार्न निर्णय गरिएको नेकपा एकीकृतका केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेलले जानकारी दिनुभयो ।
बैठकमा नेकपा एकीकृतका केन्द्रीय सदस्य पौडेल,बैद्य नेकपा माओवादीका रुपन्देही इन्चार्ज बसन्त श्रेष्ठ,मातृका माओवादीका रुपन्देही इन्चार्ज नविन र मणी नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टीका नारायण पन्थीको उपस्थिति रहेको नेता श्रेष्ठले जानकारी दिनुभयो । एकीकृतका नेता पौडेलका अनुसार बन्दको पूर्व सन्ध्यामा (फागुन २२ गते) भोली सांझ बुटवलमा मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको छ । बुटवलको मिडियाचोकबाट सांझ ६ बजे शुरु हुंने मसाल जुलुस बी.पी.पथ,अस्पताल लाइन हुंदैं नयां बस पार्कमा आएर समापन हुंनेछ । प्रधानन्यायधिस खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउंन नहुंने माग अगाडि सारी चार दलले फागुन २३ गते नेपाल बन्द आव्हान गरेको जनाएको छ ।