प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने सहमतिको विरोधमा जुलुश
बुटवल, फागुन २१– राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने दलहरुबीच भएको सहमतिको विरोधमा तय गरेको कार्यक्रम अन्तरगत आज बुटवलमा जुलुश तथा सभा सम्पन्न भएको छ । बुटवलमा भएको विरोधसभामा बोल्दै मोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने सहमति प्रजातन्त्र मास्ने षड्यन्त्र भएको बताउनुभयो । सभामा बोल्दै उपाध्यक्ष पौडेलले विदेशीको ईशारामा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन लागिएको उल्लेख गर्नुभयो । उहा“ले प्रधानमन्त्रीका कार्डपत्तीहरु पटक पटक नेपालको राजनीतिमा फ्या“किने गरेको बताउनुभयो । सुशिल कोइराला, नागरिक समाज, प्रधानन्यायाधीशलाई प्रधामन्त्री बनाउने भन्दै हिंड्नु राजनीतिक पाखण्डीपन भएको पौडेलको भनाइ थियो ।
कार्यक्रममा तराईमधेस जनवादी मोर्चाका केन्द्रीय संयोजक बद्रे आलमले मधेसवादी दलहरुमा लागेका मान्छेहरु पञ्चायतकालदेखि नै सत्ताको वरिपरि लागेर देश लुट्ने काममा लागेको बताउ“दै उनीहरुले तराईका गरिबहरुको अधिकार खोसेका छन् भन्नुभयो । अखिल (छैठौं)का केन्द्रीय उपाध्यक्ष विमल पोखरेलले संविधानसभाको चुनाव अगाडि पुनः नागरिकता बा“ड्ने कुरा ल्याएर नेपाललाई फिजी बनाउने षड्यन्त्र गरिएको बताउनुभयो । उहा“ले सिंहदरबारमा रहेको शासनसत्तालाई सर्वाेच्च अदालतमा सारेर निरंकुशता र विधिको शासनलाई समाप्त पार्न खोजिएको उल्लेख गर्नुभयो । उहा“ले अब अदालतलाई समाप्त पारेर फेरि सेनालाई उक्साउने र सेनालाई पनि समाप्त पार्ने काममा माओवादी, कांग्रेस, एमाले लागिपरेको बताउनुभयो ।
विरोधसभाअगाडि पार्टि कार्यालयबाट सुरु भएको जुलुस बुटवलको अस्पताललाइन, अमरपथ, ट्राफिकचोकको परिक्रमा गर्दै पुष्पलाल पार्कमा सभामा परिणत भएको थियो । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने षड्यन्त्र बन्द गर, दलहरुको नेतृत्वमा राष्ट्रिय सहमतिको निर्माण गर, संघीयता खारेज गर लगायतका नाराहरु लगाइएको थियो ।
राजमोका जिल्ला सचिव दलबहादुर भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता राजमो उपाध्यक्ष कृष्णबम मल्ल र स्वागत कोषाध्यक्ष लेखनाथ पाण्डेले गर्नुभएको थियो ।