रुपन्देहीको पर्रोहाका स्थानीय बासिन्दाले सार्वजनिक जग्गाको संरक्षण गर्ने
बुटवल ,फागुन २३-रुपन्देहीको पर्रोहा ६ वनकट्टा सैनामौना चोक भाटका स्थानीय बासिन्दाले सार्वजनिक जग्गाको संरक्षण गर्ने भएका छन् । करिब ६ कठ्ठा खाली रहेको जग्गालाई गाउकै सामाजिक हितमा प्रयोग गर्ने गरि स्थानीय संरक्षण गर्न लागेका हुन ।
आज बसेको गाउलेहरुको भेलाले सार्वजनिक जग्गाको संरक्षण गर्नका एक समिति समेत गठन गरेको छ । खेमला विश्वकर्माको संयोजकत्वमा गठन भएको समितिले सार्वजनिक जग्गामा मन्दिर निर्माण तथा अन्य विकास गर्ने गरि योजना बनाउने बताईएको छ । यसअघि गाउका राजनितिक दलहरुले दुर्गा भवानी उच्च माविलाई उक्त जग्गा दिने निर्णय गरेका थिए । तर गाउलेहरुले विरोध जनाएपछि स्थानीहरुलेनै आफै संरक्षण गर्न सबै सहमत भएका हुन । भेलामा धन बहादुर केसि,त्रिलोचन पोखरेल,टेक बहादुर परियार,तुल बहादुर विश्वकर्मा,लाल बहादुर केसि लगायतले बोल्दै जग्गाको सदुपयोग गर्ने बताउनुभएको छ । गाउलेहरुले पोल राखेर सार्वजनिक जग्गा छुट्टयाएका छन् ।