|

कपिलवस्तुको वरकुलपुर गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा

कपिलवस्तु,फागुन २३-कपिलवस्तुको वरकुलपुर गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको छ । गाविसमा आयोजित विशेष समारोहका विच संघिय मामिला तथा स्थानिय विकास मन्त्री भिम बहादुर उपाध्यायले गाविस सचिव नविन खनाललाई गाविस खुल्ला दिशामुक्त भएको प्रमाणपत्र हस्तान्तरण गर्दै सो घोषणा गर्नुभएको हो ।

 सो अवसरमा पूर्व राज्य मन्त्री ईश्वर दयाल मिश्रा, पूर्व सभासद कामना गुरुङ, प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमीरे, स्थानिय राजनितिक दलका प्रतिनिधी लगायतले बोल्दै गाविसलाई खुल्ला दिशामुक्त घोषणा गर्दैमा अभियान पुरा नहुने भन्दै घोषणा कार्यान्वयनमा ध्यान पुर्‍याउन आग्रह गर्नुभयो । गविस सचिव नविन खनालको अध्यक्षता तथा दयाराम शर्माको संचालनमा सम्पन्न भएको कार्यक्रमको अवसरमा गाविसलाई खुल्ला दिशामुक्त बनाउने अभियानमा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था, आमा समुह, युवा क्लब लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । घोषणा सभा अघि ईमिलिया बजारबाट बाजागाजा तथा झांकिसहित र्‍याली निकालिएको थियो ।

Posted by Butwalonline on 6:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुको वरकुलपुर गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा"

Leave a reply