नेपाल नाई संघ रुपन्देहीको को चौथो अधिवेसन सम्पन्न
लक्ष्मण पोखरेल,बुटवल, २८ फागुन । पुर्व सि“चाही मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाणले राजनीतिक आस्था तथा विचारको कारणले आफ्नै वर्गीय संगठनहरुसंग श्रमीकहरु संघर्ष गर्न वाध्य भएको बताएका छन । नेपालमा श्रमीकहरुले विभिन्न द्वन्द्वको सामना गर्नुपरेको भन्दै उनले राजनीतिक आस्था र विचारको कारण नै फरक फरक दलहरुका श्रमीकहरुबाट पिडीत हुनुपरेको बताएका हुन । सोमवार नेपाल नाई संघ रुपन्देहीको को चौथो अधिवेसनको उद्घाटन गर्दै नेता खाणले श्रमीकहरु श्रमीक बर्गबाटै शोषित हुने गरेको धारणा राखे ।
उनले आफु श्रमीकहरुको हक हित तथा अधिकार प्राप्तीको लागि सदैव संदैव संर्घषरतरहेको बताउदै मजदुरहरुको पक्षका सरकारवाहिर रहदा ठुल ठुला कुराहरु गरेपनि सरकामा जादा मजदुरहरुको पक्षमा कुनै पनि ठोस उपलब्धी हुन नसकेको स्वीकारे । उनले भने(ुसरकारवाहीर रहदा धेरै कुरा भएपनि सरकारमा जादा मजदुहरुको हकहिताको लागि खासै राम्रा काम भएका छैन्न ।
एक फरक प्रसंगमा पूर्व मन्त्री खाणले अहिलेको बर्तमान राष्ट्रिय राजनीति अत्यान्तै जटिल अवस्थामा रहेको भन्दै प्रधानन्याधिषको नेतृत्वमा चुनावी सरका गठन गर्ने भन्ने कुरा ुगोरु हुदा हुदै पनि बोकालाई दाईँ लागाएर धान भिœयाउने कुराु जस्तै भएको समेत बताए । एनेकपा माओवादीले अहिले न्यापालिककालाई प्रयोग गरेर सत्ता कब्जा गर्न खोजेको आरोप लगाउदै उनले भने(ु व्यवस्थापीका नभएको अवस्थामा शक्ति पृथकीकरणको सिद्धान्त लागू हुुदैन ।ु उनले माओवादीले अहिले पनि चुनाव नचाहेकोले विवाद श्रृजना गरिहेको उनको तर्क थियो । नेपाई नाई संघ रुपन्देहीका अध्यक्ष सफीमुल्लाहा राजीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य चुन्नुलाल ठाकुरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ कांग्रेस स्वतन्त्रका जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल रिक्सा तथा ठेला मजदुर संघका केन्द्रीय अध्यक्ष प्रकाश पाठक, नेपाल निर्माण तथा समद्ध मजदुर संघका केन्द्रीय अध्यक्ष जे.वि गुरुङ्ग, नेपाल नाई संघका मणिग्राम ईकाई अध्यक्ष जयश्याम ठाकुर लगायतले मनत्वय राखेका थिए । अधिवेसनबाट नाईको क्षेत्रमा उत्कृष्ठ कलम चलाई वापत पत्रकार कविन्द्र नेपाल र मीना ढकाललाई सम्मान समेत गरिएको थियो । अधिवेशसनले नया नेतृत्वसमेत चयन गर्दै छ ।