|

रिर्पोर्टस क्लव लुम्बिनीद्धारा बुटवलमा साक्षत्कार कार्यक्रम

लक्ष्मण पोखरेल,बुटवल, २८ फागुन । पुर्व अर्थ सचिव तथा  प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रामेश्वर खनालले पछिल्लो समयमा राजनीतिक भात्री संगठनहरुले ुडनतन्त्रु अपानाएको कारण देशको आर्थिक विकास हुन नसकेको बताएका छन ।

राजनीतिक दलहरुले आफ्ना भात्री संगठनका कार्याकर्ताहरुलाई तह लगाउन नसक्दा लागानीको वातावरण नभएको भन्दै उनल भात्री संगठनहरुको चन्दा आतंक मच्चाईरहेकोले  उद्योग व्यवसायी तथा नया लगानीकर्ताहरुले देशमा थप नया गर्न सक्ने स्थिती नभएको उनको भनाई थियो ।

अहिले देशको प्रमुख समस्या थप नय“ा लगानी हुन नसक्नु भएको भन्दै सल्लाहकार खनालले राजनैतिक दलहरुले स्ष्ट आर्थिक निती तयार गर्नु पर्ने बताएका थिए ।  रिर्पोर्टस क्लव लुम्बिनीले सोमबार बुटवलमा गरेको साक्षत्कार कार्यक्रममा खनालले स्पष्ट बजेट नीतीको अभावको कारण पनि देशमा असर परेको भन्दै भने " यसको लागि स्ष्ट बजेट नीति आवश्यक छ ।"
राजनैतिक दहरुमा सहमती हुन नसकेको कारण उर्जामा करिव ५ अरब अमेरिक डलर लगानी अन्यौल भएको भन्दै उनले अहिले सम्म ४ सय डलर मात्र खर्च भएको समेत जानकारी गराए ।

नेपालमा लगानीको लागि पर्यटन, कृषि क्षेत्रमा लागानीको लागि प्रचुर संभावना भएको भन्दै उनले प्राकृतिक स्रोत साधनाहरुको यथेष्ट प्रयोग भएमा देशले आर्थिक  क्षेत्रमा फड्को मार्ने बताएका थिए । राजनतीतिक दलहरुमा अनुशासनता बढ्दै गएको कारण राजनैतिकदहरुको कारण समयमै बजेट आउन नसक्नु  अनुशासन हिनताको पराकास्ष्ट भएको उनको भनाई थियो । देशको  शासनपद्धतीमा परिर्वतन गर्न सकेमा देशको युवा शक्ती पालायन हुनबाट जोगिने भन्दै खनालले भने "जनशक्ती पलायान हुनको रोक्नको लागि राजनैतिक स्थीरता र शान्ती र अमनचयन जरुरी छ । "
रिर्पोर्टस क्लव अञ्चल संमन्वय समितिका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रको सञ्चालन  पत्रकार तेजेन्द्र के.सीले गरेका थिए ।

Posted by Butwalonline on 6:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रिर्पोर्टस क्लव लुम्बिनीद्धारा बुटवलमा साक्षत्कार कार्यक्रम"

Leave a reply