|

उद्योग बाणिज्य महासंघको लुम्बिनी अञ्चल भेला सम्पन्न

लक्ष्मण पोखरेल,बुटवल, फागुन २८÷ नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले उद्योग बाणिज्य महासंघकै अवधारणा अनुरुप बिप्पा सम्झौता गरिएको बताउनुभएको छ । देशमा लगानी भित्र्याउनका लागि भारतसंग बिप्पा सम्झौता आवश्यकता रहेकाले महासंघले त्यसबारे सरकारलाई ध्यानकर्षण गराएको बताउनुभयो ।

बुटवलमा आज भएको उद्योग बाणिज्य महासंघको लुम्बिनी अञ्चल भेलालाई सम्बोधन गर्दै उहाले महासंघले देशमा बिदेशी योजना भित्र्याउन योजना बनाएको बताउनुभयो । ुअन्य सात देश संग गरिएको सम्झौता भारतसंग गर्न हुदैन भन्ने होइन, उहाले भन्नुभयो(ुबिप्पा सम्झौताले नेपालमा लगानी भित्र्याउन सहज हुनेछ ।ु उहाले नेपालमा बिदेशी लगानी भित्र्याउने सम्भावना अत्याधिक भए पनि राजनीतिक अवस्थाले त्यो सम्भव नभएको बताउनुभयो ।

महासंघका बरिष्ट उपाध्यक्ष भास्करराज कर्णिकारले बजेट नआएको समयमा पनि निजी क्षेत्रले आर्थिक अवस्थालाई मजबुद बनाएको बताउनुभयो ।  उहाले निजी क्षेत्रका उद्योग ब्यवसायमा चन्दा आतंक, उर्जा, मजदुर लगायतका समस्या संगै पछिल्लो समयमा असुरक्षा समेत बढ्दै गएको बताउनुभयो ।

त्यस्तै उपाध्यक्षद्धव भवानी राणा र पशुपति मुरारकाले उद्योग क्षेत्रको सुरक्षा र ट्रेडयुनियन गतिबिधीले समस्या भएको बताउनुभयो । कार्यक्रममा केन्द्रिय सदस्यहरु शंकर श्रेष्ठ, धु्रब श्रेष्ठ, डिबि बस्नेत, भुषणराज लवट, पूर्ब अध्यक्ष सुर्यप्रसाद प्रधान, नबराज श्रेष्ठ, बुटवल शाखा अध्यक्ष सुरेन्द्र श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 6:50 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उद्योग बाणिज्य महासंघको लुम्बिनी अञ्चल भेला सम्पन्न"

Leave a reply